×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइपीओ भर्नेहरुका लागि मेगा पनि पराई भयो, अव नबिल, एनआईसी र आरबीबीले मात्र दिन्छन् नि:शुल्क सीआश्वा सेवा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ असार २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

आइपीओ भर्नेहरुका लागि मेगा पनि पराई भयो, अव नबिल, एनआईसी र आरबीबीले मात्र दिन्छन् नि:शुल्क सीआश्वा सेवा !

काठमाडौँ । पछिल्लो समय धेरै लगानीकर्ताहरुले भोगेको समस्या हो- आइपीओ भर्यो, पर्दैन । नपरे पनि बैंकले सीआश्वा शुल्क लिन्छ । १० वटा आइपीओ भर्दा कुनै पनि पर्दैन तर पैसा झ्वाम् । तर नेपालमा केहि बैंकहरु पनि छन्, जसले आइपीओ भर्दा पैसा लिंदैनन् । तर यसको सूची भने अव सानो भएको छ । यसअघि ग्लोबल आइएमई बैंक र मेगा बैंकले पनि आइपीओ भर्दा पैसा लिंदैनथिए । तर ग्लोबल आइएमई बैंकले केहि समय अगाडीबाट आइपीओ भर्दा पैसा लाग्ने नियम ल्याईसकेको छ भने मेगा बैंकले केहि दिनअघि मात्र यस्तो निर्णय गरेको हो ।

हो, अब मेगा बैंकबाट आईपिओ भर्दा पनि शुल्क लाग्ने भएको छ । यो बैंकले अव एक पटक आइपीओ भर्दा २५ रुपैयाँ लिन्छ । अथात ४ पटक आइपीओ भर्दा १०० रुपैयाँ झ्वाम् । अव मेगा बैंकमा खाता हुने र आइपीओ नि:शुल्क भर्ना चाहानेहरुले कि नबिल, कि एनआइसी एशिया, कि राष्ट्रिय बाणिज्य बैंकमा खाता खोल्नुपर्ने हुन्छ । यी तीनमध्ये राष्ट्रिय बाणिज्य बैंकको सेवा धेरैले ‘झुर’ भन्दै आएका छन् । आइपीओ भर्ने मामलामा धेरै गुनासो हुने गरेको राष्ट्रिय बाणिज्य बैंक छोडेर दुई बैंक रोज्ने हो भने ग्राहकलाई अव कि नबिल, कि एनआइसी एशियाको विकल्प छैन ।

आईपीओ निष्काशित रकम भन्दा आश्वा शुल्क संकलन धेरै, पीडामा लगानीकर्ता
अहिले बजारमा यस्तोसम्म स्थिति आएको छ कि आइपीओ निष्कासन हुने रकम भन्दा आश्वा शुल्क संकलन धेरै हुने गरेको छ । अहिले आइपीओमा आवेदन दिनेहरुको संख्या औसतमा २४ लाख छ । यहि तथ्याङ्कलाई आधार मान्ने हो भने पनि अहिले एउटा आइपीओ खुल्दा ३ करोड ५० लाखसम्म सी आश्वा शुल्क उठ्ने गर्दछ । जवकि पछिल्लो समय निष्कासन भएका कतिपय कम्पनीहरुको कुल निष्कासन रकम नै साँढे ३ करोडभन्दा कम छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: