×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘साना किसान सवल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘साना किसान सवल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ’

Artha Sarokar

२४ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । कृषिमा आधारीत नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरुलाई सवल बनाउनुपर्ने काठमाडौँमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि साना किसानहरुलाई सवल बनाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले गरिवी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पुरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता औलाएका थिए ।

उनले किसानहरुलाई उत्पादनसँगै उत्पादित वस्तुहरुको संकलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताएका थिए । किसानको उत्पादनलाई सिधै वा प्रशोधन गरेर किसान आफैले बजारसम्म लैजानसक्ने वातावरणको विकास गर्न आवश्यक रहेको उनको भनाई थियो । ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि साना किसानहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले सरकारले साना किसान, कृषि सहकारी र पशुपालनमा लागेका किसानहरुलाई संगसंगै अगाडि बढाएमात्र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने बताएका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले साना किसानहरुलाई उद्यमसँग जोड्न आवश्यक रहेको बताए । नेपाल सरकारले लघु तथा घरेलु उद्यममा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भन्दै उनले यसका लाभग्राही साना किसानहरुनै रहेको बताए । सचिव पोखरेलले उत्पादित कच्चा पदार्थलाई साना तथा मझौला उद्योगबाट प्रशोधन गरेर बजारमा पठाउन सके त्यसको मूल्य बढ्ने र किसानको आर्थिक अवस्था सुधार हुने पनि बताएका थिए । कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेम बहादुर पाठकले नेपालका दुरदराजका गरिब किसानहरुको जीवन रुपान्तरणमा विगत २१ वर्षदेखी निरन्तर काम गर्दै आएको बताए।

ग्रामिण क्षेत्रमा साना किसानहरुले भोगिरहेको आर्थिक समस्यालाई निधान गर्ने एक मात्र संस्था साना किसान विकास लघुवित्त वित्तीय संस्था भएको दावी गरे । उनले पूर्वमेची देखी पश्चिम महाकालीसम्मका साना किसानहरुलाई गोलवद्ध गर्दै पूँजीको पहुँच वृद्धि गर्न सफल भएको बताए। पूँजीको पहुँच वृद्धिसँगै उत्पादनमा पनि सन्तोषजनक प्रगति भएको भन्दै अध्यक्ष पाठकले राउटे, वनकरिया, मुसहर, चेपाङ, दलित, जनजाती, महिला लगाएतलाई सूसुचित गरी उत्पादनमा संलग्न गराउँदै राज्यको मुलधारमा ल्याउन सफल भएको दावी गरे। पछाडी परेको समुदायलाई आवश्यक पर्ने वित्तीय पहुँचमा जोड्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाले पूँजी, प्रविधि, तालिम, चेतना, नेतृत्व विकास लगाएतका क्षेत्रमा काम गर्दै आएको अध्यक्ष पाठकले बताए।

यसैगरी कार्यक्रममा लघुवित्तका सञ्चालक प्रताव सुवेदीले नेपालको गरिवी निवारणमा साना किसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । अरु बैंक तथा वित्तीय संस्थाहरु गाउँतहमा पुगेर सेवा दिन नसकिरहेको अवस्थामा विशिष्टकृत विशेषता सहित किसानहरुलाई लक्षित गरि स्थापना भएको तत्कालिन साना किसान विकास बैंक र हालको साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई अब उत्पादनसँग जोड्दै जानुपर्ने आवश्यकता रहेको उनको धारणा थियो । यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईरालाले नेपालको गरिवी निवारणमा यस लघुवित्तले अग्रणी भूमिका निर्वाह गरेको बताएका थिए।

उनले आर्थिक क्षेत्रमा किसानको पहुँच बढाउँदै आम्दानीको स्रोत बढाउन किसानहरुलाई सहयोग गर्ने एक मात्र संस्था साना किसान लघुवित्त वित्तीय संस्था रहेको बताए । नेपालका ५ सय ४० वटा स्थानीयतहमा पहुँच विस्तार गरेको यस लघुवित्तमा ७९ प्रतिशत महिला सहभागिता रहेको भन्दै प्रमुख कार्यकारी अधिकृत डा. कोइरालले आर्थिक सामाजिक रुपान्तरणसँगै नेतृत्व विकासमा समेत योगदान गरिरहेको बताए । उनले सरकार र साझेदारसंस्थाहरुसँगको सहकार्यले यस संस्थाले सञ्चालन गरेका कार्यक्रमलाई प्रभावकारी रपमा अगाडि बढाउन समेत सहयोग पुगेको बताए ।

साना किसान विकास आयोजनाका रुपमा वि.स. २०३२ सालदेखी कृषि विकास बैंक मार्फत सुरु भएको साना किसान विकास कार्यक्रम विक्रम संवत २०५८ सालमा साना किसान विकास बैंकका रुपमा स्थापना भएको थियो । अहिले लघुवित्त वित्तीय संस्थाका रुपमा साना किसान सहकारीहरुलाई सेवा प्रवाह गर्दै आएको यस संस्थामा १ हजार २ सय ९१ वटा सहकारी संस्थाको संस्थागत सहभागिता रहेको छ । यस वित्तीय संस्थाको सेवा ७६ जिल्लाका ५ सय ४० स्थानीयतहसम्म पुगेको छ । १० लाख भन्दा बढि घरपरिवारमा ८१ अरबको कारोवार रहेको अहिलेको अवस्थामा सहकारीहरुमा ७९ प्रतिशत महिला सहभागिता रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी