काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८० का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीति प्रस्तुत गरेका हुन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेसँगै सामाजिक सञ्जालहरुमा चर्चा सुरु भएको छ । मौद्रिक नीतिको विषयमा समाजिक सञ्जालमा भएको चर्चामा सहभागिता जनाउँदै अनुभवी लगानीकर्ता शिवचन्द्रले पनि आफ्नो विश्लेषण प्रस्तुत गरेका छन् । यस्तो छ मौद्रिक नीतिमा शिवचन्द्रको विश्लेषण :
४–१२ मा ४ हट्यो १२ यथावत !
सेयर धितो कर्जाको सिमामा ४–४ करोडका दरले ३ बैंक धाउनु पर्नेमा झन्झट हटेर एउटै बैंकबाट १२ करोड उपभोग गर्न सकिनेछ।
२५ लाखसम्मको ऋणमा जोखिम भार १००% !
अब २५ लाख भन्दा कम ऋणमा जोखिम भार १००% भएको हुँदा बैंक तथा बित्तिय सँस्थाको प्रथमिकतामा २५ लाख भन्दा तलका ऋणीहरु पर्नेछन्।
मर्जर तथा एक्विजिसनमा जाँदा करोबार नरोकिने !
यो ब्यवस्थाले एकपटक बजारमा सप्लाईको बाढी ल्याउनेछ। कारण अहिले धेरै भन्दा धेरै सँस्थाहरु मर्जर तथा एक्विजिसनमाको क्रममा रहेका छन्।
बैंकदर ७ प्रतिशत बाट १.५ प्रतिशतले बढाएर ८.५ प्रतिशत पु¥याएको छ ।
कृषि लगायत उत्पादनशील क्षेत्रलाई पुनर्कर्जाको व्यवस्था ।
CD Ratio गणना गर्दा २०८० असारसम्म ऋणपत्रलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ । जसले तरलतामा पर्ने चापलाई केहि हदसम्म कम गर्न सहयोग गर्नेछ ।
मौद्रिक नीतिप्रति आफ्नो विश्लेषण राख्दै शिवचन्द्रले यसपालीको मौद्रिक नीति मेकअप गरेकी सुन्दरी झैं राम्री देखिएको तर्क प्रस्तुत गरेका छन् । यद्यपी राष्ट्रबैंकको नीतिमा बजारलाई धेरै हदसम्म चेक एण्ड ब्यालेन्स गर्दै नियन्त्रण गरेर आफुले चाहेको बाटो मोड्ने नियत देखिएको शिवचन्द्रको भनाई छ । ‘मौद्रिक नीति भनेको सेयर बजारको लागि मात्र हैन। यो नितीले समग्र अर्थतन्त्रलाई समेट्नुपर्ने हुन्छ ।’ उनी भन्छन्– ‘यो पाला सेयर बजारको लागि उधुमै राम्रो निती नआएता पनि यसले बजारलाई नराम्रो भने केहि गरेको छैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्