×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्जीवन बीमा कम्पनीको नाफामा ७.३२ % ले वृद्धि, नाफामात्रै साढे ४ अर्ब पुग्यो, कसको ईपीएस कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

निर्जीवन बीमा कम्पनीको नाफामा ७.३२ % ले वृद्धि, नाफामात्रै साढे ४ अर्ब पुग्यो, कसको ईपीएस कति ? (विवरणसहित)

Artha Sarokar

१ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको समग्र नाफामा ७.३२ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा सूचीकृत सबै निर्जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्त्यसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै एक वर्षको अवधिमा कुल ४ अर्ब ५५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जनाएका छन् । अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीहरुको खुद नाफा ४ अर्ब २४ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै समिक्षा अवधिसम्मा कम्पनीहरुले १२ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ खुद बिमा शुल्क संकलन गरेका छन् । १७ कम्पनीहरुको जगेडा कोष ५.३८ प्रतिशतले वृद्धि भएर ८ अर्ब ५५ करोड ९९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा कुल ८ अर्ब १२ करोड ३० लाख रुपैयाँ जम्मा भएको थियो । त्यस्तै, असार मसान्तसम्ममा बिमा कोषमा १५ अर्ब ८७ करोड ९४ लाख रुपैयाँ जम्मा भएको छ ।

कसको प्रतिसेयर आम्दानी कति ?
कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणका आधारमा गतवर्षको अन्त्यसम्ममा सबैभन्दा बढी प्रतिसेयर आम्दानी राष्ट्रिय बीमा कम्पनीको रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १ सय ७७ रुपैयाँ रहेको छ । त्यस्तै गतवर्षको अन्त्यसम्ममा नेको इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै सगरमाथा इन्स्योरेन्सको ३० रुपैयाँ १६ पैसा, प्रिमिअर इन्स्योरेन्सको २९ रुपैयाँ ३६ पैसा, सिद्धार्थ इन्स्योरेन्सको २४ रुपैयाँ ९३ पैसा, नेपाल इन्स्योरेन्सको २३ रुपैयाँ ८६ पैसा रहेको छ ।

समिक्षा अवधिसम्ममा शिखर इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८ पैसा रहेको छ भने प्रभु इन्स्योरेन्सको ईपीएस १८ रुपैयाँ रहेको छ । त्यस्तै एनएलजी इन्स्योरेन्सको ईपीएस १७ रुपैयाँ ६८ पैसा, हिमालयन जनरल इन्स्योरेन्सको १६ रुपैयाँ ८१ पैसा, सानिमा जनरल इन्स्योरेन्सको १४ रुपैयाँ ४९ पैसा, लुम्बिनी जनरल इन्स्योरेन्सको १४ रुपैयाँ २७ पैसा, युनाइटेड इन्स्योरेन्सको १३ रुपैयाँ ५८ पैसा, प्रुडेन्सियल इन्स्योरेन्सको १३ रुपैयाँ ३३ पैसा, अजोड इन्स्योरेन्सको ११ रुपैयाँ ८९ पैसा, जनरल इन्स्योरेन्सको ११ रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सको १० रुपैयाँ ६ पैसा र एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६२ पैसा रहेको छ ।

कसको चुक्ता पुँजी कति ?
कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणका आधारमा निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजीमा १३.२८ प्रतिशतले वृद्धि भएको छ । जसमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सको रहेको छ । शिखर इन्स्योरेन्सले गतवर्षको समिक्षा अवधिसम्ममा कुल चुक्ता पुँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार रुपैयाँ पुर्याएको छ । त्यस्तै सबैभन्दा बढी चुक्ता पुँजी भएको कम्पनीको दोस्रो स्थानमा नेको इन्स्योरेन्स रहेको छ । जसको कुल चुक्ता पुँजी १ अर्ब ७४ करोड ९८ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै आइएमी जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार रहेको छ । समिक्षा अवधिमा नेपाल इन्सुरेन्सको कुल चुक्ता पुँजी १ अर्ब ३७ करोड ८९ लाख ९६ हजार, सगरमाथा इन्स्योरेन्सको १ अर्ब ३३ करोड ३६ लाख २९ हजार, एनएलजी इन्स्योरेन्सको १ अर्ब ३२ करोड ६६ लाख १४ हजार, लुम्बिनी जनरल इन्सुरेन्सको १ अर्ब ३१ करोड २८ लाख कुल चुक्ता पुँजी रहेको छ । त्यस्ै सोही अवधिमा प्रभु इन्स्योरेन्सको कुल चुक्ता पुँजी १ अर्ब २८ करोड ९७ लाख १२ हजार, सिद्धार्थ इन्सुरेन्सको १ अर्ब २८ करोड ८० लाख रुपैँया, एभरेष्ट इन्सुरेन्स कम्पनीको कुल चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख २१ हजार छ भने प्रिमियर इन्सुरेन्सको कुल चुक्ता पुँजी १ अर्ब २२ करोड ७६ लाख ८५ हजार रहेको छ ।

कम्पनीहरुले सार्वजनिक गरेको विवरणका आधारमा पुरुडेन्सियल इन्सुरेन्सको कुल चुक्ता पुँजी १ अर्ब १८ करोड ६१ लाख ४५ हजार रहेको छ भने हिमालयन जनरल इन्सुरेन्सको कुल चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख ९ हजार रहेको छ । त्यस्तै युनाइटेड इन्स्योरेन्स कुल चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० रुपैयाँ रहेको छ । त्यस्तै क्रमशः अजोड इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको कुल चुक्ता पुँजी १ अर्ब रहेको छ भने राष्ट्रिय बिमा कम्पनीको कुल चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रहेको छ ।

कसको खुद नाफा कति ?
कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणका आधारमा निर्जीवन बीमा कम्पनीको खुद नाफामा ७.३२ प्रतिशतले वृद्धि भएको छ । जसमध्ये सबैभन्दा बढी नेको इन्स्योरेन्सको रहेको छ । नेको इन्स्योरेन्सले गतवर्षको समिक्षा अवधिसम्ममा खुद नाफा ५५ करोड १ लाख २८ हजार पुर्याएको छ । त्यस्तै सबैभन्दा बढी खुद नाफा भएको कम्पनीको दोस्रो स्थानमा राष्ट्रिय बिमा कम्पनी रहेको छ । जसको खुद नाफा ४७ करोड ३४ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा सगरमाथा इन्स्योरेन्सको खुद नाफा ४० करोड २२ लाख ७८ हजार रहेको छ भने शिखर इन्स्योरेन्सको खुद नाफा ४० करोड १४ लाख ३९ हजार रहेको छ । त्यस्तै प्रिमियर इन्स्योरेन्सको खुद नाफा ३६ करोड ४ लाख ७० हजार पुर्याएको छ । नेपाल इन्स्योरेन्सको खुद नाफा ३२ करोड ८९ लाख ६१ हजार छ भने सिदार्थ इन्स्योरेन्सको खुद नाफा ३२ करोड १० लाख ७१ हजार रहेको छ । त्यस्तै प्रभु इन्स्योरेन्सको खुद नाफा २३ करोड ७६ लाख ४५ लाख, एनएलजी इन्स्योरेन्सको २३ करोड ४५ लाख ३२ हजार, लुम्बिनी जनरल इन्स्योरेन्सको १८ करोड ७३ लाख खुद नाफा पुगेको छ ।

यता गतवर्षको चोथो त्रैमाससम्ममा आइएमी जनरल इन्स्योरेन्सको खुद नाफा १७ करोड १२ लाख ७३ हजार छ भने सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा १४ करोड ४९ लाख ५ हजार रहेको छ । पुरुडेन्सियल इन्स्योरेन्सले १५ करोड ७१ लाख ८४ हजार, हिमालयन जनरल इन्स्योरेन्सले १४ करोड ८९ लाख ६४ हजार, युनाइटेड इन्स्योरेन्सल १३ करोड ९६ लाख ११ हजार, अजोड इन्स्योरेन्सले खुद नाफा ११ करोड ८९ लाख ५६ हजार, जनरल इन्स्योरेन्सले खुद नाफा ११ करोड २० लाख ९२ हजार र एभरेष्ट इन्स्योरेन्स कम्पनीले ७ करोड ५ लाख ५३ हजार रुपैँया आर्जन गरेका छन् ।

कसको बीमा शुल्क कति ?
कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणका आधारमा निर्जीवन बीमा कम्पनीको खुद बीमा शुल्कमा १०.८२ प्रतिशतले वृद्धि भएको छ । जसमध्ये सबैभन्दा बढी नेको इन्स्योरेन्सको रहेको छ । नेको इन्स्योरेन्सले गतवर्षको समिक्षा अवधिसम्ममा खुद बिमा शुल्क १ अर्ब ७२ करोड ५० लाख ९२ हजार पुर्याएको छ । त्यस्तै सबैभन्दा बढी खुद बिमा शुल्क भएको कम्पनीको दोस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स रहेको छ । जसको खुद बिमा शुल्क १ अर्ब ४१ करोड ११ लाख ७४ हजार रुपैयाँ रहेको छ । यसैगरी शिखर इन्स्योरेन्सको १ अर्ब ३९ करोड १० लाख रुपैँया रहेको छ भने सिदार्थ इन्स्योरेन्सको १ अर्ब ५ करोड ६२ लाख ३६ हजार रुपैँया रहेको छ ।

समिक्षा अवधिसम्ममा युनाइटेड इन्स्योरेन्सको खुद बिमा शुल्क ७५ करोड २३ लाख १५ हजार रहेको छ भने प्रिमियर इन्स्योरेन्सको खुद बिमा शुल्क ७१ करोड ४३ लाख ८ हजार पुगेको छ । त्यस्तै एनएलजी इन्स्योरेन्सको खुद बिमा शुल्क ७१ करोड ९ लाख ६६ हजार रहेको छ भने नेपाल इन्स्योरेन्सको खुद बिमा शुल्क ६९ करोड ८१ लाख १७ हजार पुगेको छ । त्यस्तै आइएमी जनरल इन्स्योरेन्सको ६४ करोड ७४ लाख ८ हजार, लुम्बिनी जनरल इन्स्योरेन्सको ५६ करोड ४१ लख, प्रभु इन्स्योरेन्सको ५१ करोड ९३ लाख ३० हजार, अजोड इन्स्योरेन्सको खुद बिमा शुल्क ४७ करोड ९१ लाख ६८ हजार तथा एभरेष्ट इन्स्योरेन्स कम्पनीको खुद बिमा शुल्क ४६ करोड २६ लाख ३६ हजार पुगेको छ ।

सोही अवधिमा पुरुडेन्सियल इन्स्योरेन्सको खुद बिमा शुल्क ४३ करोड १५ लाख ९८ हजार रहेको छ भने हिमालयन जनरल इन्स्योरेन्सको खुद बिमा शुल्क ४१ करोड ६१ लाख ४ हजार पुर्याएको छ । राष्ट्रिय बिमा कम्पनीको खुद बिमा शुल्क ३४ करोड ५३ लाख ८० हजार पुग्दा सानिमा जनरल इन्स्योरेन्सको खुद बिमा शुल्क २७ करोड ७६ लाख ६२ हजार रहेको छ भने जनरल इन्स्योरेन्सको खुद बिमा शुल्क १६ करोड ६१ लाख ९६ हजार पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी