चार्टड एकाउन्टेन्टसमेत रहेका उनले ५००० रुपैयाँ पूँजीबाट सेयर बजारको दुनियाँमा प्रवेश गरेको थिए । फोर्ब्सको रियल-टाइम बिलियनियर्स इन्डेक्सका अनुसार, झुनझुनवाला जुलाई २०२२ सम्ममा $५.५ बिलियनको कुल सम्पत्ति भएको शीर्ष ५०० धनी अर्बपतिहरूको सूचीमा परेका छन् ।
झुनझुनवाला हंगामा मिडियाका अध्यक्ष थिए । एपटेककासमेत अध्यक्ष रहेका उनी अन्य थुप्रै भारतीय कम्पनीको संचालक समितिमा पनि थिए ।
उनका बुबा आयकर अधिकृत थिए । बुबाले आफ्ना साथीहरूसँग सेयर बजारका बारेमा छलफल गरेको सुनेपछि यसतर्फ आकर्षित भएका थिए । सन् १९८५ मा मुम्बई स्टक एक्सचेन्ज इन्डेक्स १५० मा मात्रै हुँदा उनी केहि हजार रुपैयाँ लिएर सेयर बजारमा प्रवेश गरेका थिए । त्यहि यात्रामा उनले सेयर बजारबाट यति पैसा कमाएका उनी भारतीय सेयर बजारको अर्को नामसम्म बन्न पुगे।
५ जुलाई, सन् १९६० मा जन्मिएका झुनझुनवालाले सिडेनहम कलेजबाट स्नातक गरेका थिए । स्नातक सकेपछि उनी इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियामा भर्ना भए । सिए पास गरेपछि सेयर बजारमा झनै आक्रामक रुपमा लागेका उनलाई उनको निरन्तरको मेहेनतले सेयर बजारका बादशाहमात्र होइन अरवौंका कम्पनीहरुका मालिकसमेत बनायो । झुनझुनवालाकि श्रीमती र ३ सन्तान छन् । झुनझुनवालाले सेयर लगानीकर्ता रेखा झुन्जुनवालासँग विवाह गरेका थिए।
राकेश झुज्जुनवालाले सन् १९८५ मा पहिलो पटक नाफाको स्वाद चाखेका थिए । सन् १९८५–८९ को बीचमा उनले आफ्नो लगानीबाट झण्डै २५ लाख नाफा कमाए । आज उनको सबैभन्दा ठूलो लगानी टाइटन कम्पनीमा ७ हजार करोड रुपैयाँभन्दा बढी छ । अहिले उनको कुल सम्पत्तिको हिसाब गर्दा ११ हजार करोड भारतीय रुपैयाँ भन्दा बढी छ ।स्टार हेल्थ इन्स्योरेन्स, मेट्रो ब्यान्ड, लगायतका धेरै चर्चित कम्पनीका समेत मालिक रहेका उनी भारतको संयुक्त राष्ट्र संघ (I.I.M.U.N.) को अन्तर्राष्ट्रिय सदस्य पनि हुन्।
झनझुनवाला भारतका ४८औँ धनी व्यक्ति हुन् । अरवौं रुपैयाँका मालिक झुनझुनवाला समाजसेवी पनि हुन् ।क्यान्सर पीडित बालबालिकाका लागि ठुलो धनरासी सहयोग गरेका उनी यौन शोषण विरुद्ध बालबालिकामा सचेतना जगाउन मद्दत गर्ने विभिन्न संघ संस्थाहरुमासमेत आवद्ध थिए।
भारतको स्क्याम १९९२ प्रकरणपछि सर्ट सेलीङमा ठुलो रकम कमाएका उनको नाम इन्साइडर ट्रेडिङमा समेत आएको थियो । सेबीले यसविषयमा सोधपुछ गरे पनि अहिले सम्म उनलाई लागेको सो आरोप पुष्टी भने हुन सकेको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्