×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

भद्र सहमति गरेर अभद्र काम किन गर्ने ? भन्ने निश्कर्षमा बैंकर्स संघ, असोजमा ब्याज बढ्ने सम्भावना !

BIZBAZAR

काठमाडौं । नेपाल बैंकर्स संघले ६ महिनादेखि गर्दै आएको भद्र सहमति तोड्ने भएको छ । बैंकर्स संघले भद्र सहमति तोड्ने निर्णय गरेसँगै असोज महिनादेखि वाणिज्य बैंकहरुले ब्याजदर वृद्धि गर्ने भएका छन् ।

बिहीबार बसेको संघको कार्य समिति बैठकले भद्र सहमति तोड्ने निर्णय गरेको हो । ‘६ महिनादेखि लाग्दै आएको सिन्डिकेट खारेज गरिएको छ । अव कसैले पनि भद्र सहमति मान्नुपर्दैन’, संघका एक सदस्यले अर्थ सरोकारसँग भने -‘अव आफ्नो बैंकको ब्याजदर निर्धारण गर्ने अधिकार स्वयम बैंकलाई नै दिइएको छ ।’ यद्यपी बैंकहरुले अघिल्लो महिनाको औसतको १० प्रतिशतका दरले ब्याज दर घटाउन वा बढाउन सक्नेछन् ।

तर, अहिले तरलता संकटका कारणले बैंकहरु ब्याज घटाउने पक्षमा देखिदैनन् । यसर्थ पनि बैंकहरुले ब्याज १० प्रतिशतले वृद्धि गर्ने एक बैंकका सीईओले बताएका छन् । ‘भद्र सहमति तोडिएसँगै अव बैंकहरु निक्षेप संकलन गर्नेतर्फ उन्मुख हुन्छन् । जसका लागि ब्याजरदरमा वृद्धि गर्नैपर्छ’, ती सीईओले भने’, यसो भयो भने ११.०३ प्रतिशतको निक्षेपको ब्याज बढेर १२.१३ प्रतिशत पुग्नेछ र साधारण मुद्धतीको ब्याज १२.०३ प्रतिशत पुग्नेछ ।’

विगत ६ महिनादेखि वाणिज्य बैंकको ब्याजदर स्थिर छ । हाल साधारण मुद्दतिको ब्याज दर ११.०३ प्रतिशत र रेमिटेन्समा १२.०३ प्रतिशत छ भने संस्थागतको अधिकतम १०.५३ प्रतिशत ब्याज रहेको छ । अव भने यसमा वृद्धि हुने देखिएको छ । यसभन्दा अघि भद्र सहमतिका कारण बैंकहरुले ब्याज बढाउन सकेका थिएनन् । तर, अव नेपाल बैंकर्स संघले भद्र सहमति तोडेर ब्याज निर्धारण गर्ने अधिकार बैंकलाई नै दिएपछि असोज १ गतेदेखि बैंकहरुमा नयाँ ब्याजदर लागू हुने भएको छ ।

अब निक्षेपसँगै ऋणको ब्याज दर पनि बढ्ने छ । ऋणको ब्याज दर एकदेखि डेढ प्रतिशत बिन्दुले बढ्ने भएको छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal