काठमाडौं । तिहारलाई लक्षित गर्दै चितवनका किसानले फूलको मालाको मूल्य निर्धारण गरेका छन् । व्यावसायिकरुपमा पुष्प खेती गर्ने कृषकले बजारमा एकरुपता ल्याउनका लागि सयपत्री फूलको मालाको मूल्य प्रतिगोटा ९० देखि १०० रुपैयाँ कायम गरेका छन् । तर, होलसेलमा भने सोही मालाको मूल्य रु ६० देखि ७० कायम गरिएको छ । तर, तिहारपछि सोही माला खुद्रामा रु ७० र होलसेलमा रु ५० पर्ने व्यवसायीहरुले बताएका छन् ।
त्यस्तै व्यवसायीहरुले सयपत्री फूल प्रतिकिलो रु तीन सय ५० देखि चार सय कायम गरेको जनाएका छन् । भारतबाट आयात हुने मालाले नेपाली मालाको बजार विस्थापित गर्न खोजेको भन्दै किसनाले मालाको मूल्य निर्धारण गरेका हुन् ।
नेपाली मालाको मूल्य बढी हुँदा भारतीय मालाको आयात बढ्ने भएकाले मूल्य निर्धारण गर्न बाध्य भएको फ्लोरिकल्चर एशोसिएशन चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठले बताए । ‘जिल्लाभर अहिले ४० देखि ५० बिघा क्षेत्रफलमा फूलखेति गरिएको छ’, उनले भने, ‘यस जिल्लालाई यहीँ उत्पादन भएको मालाले पुग्छ, भारतीय माला आयात गर्नुपर्दैन ।’
‘अहिले चितवनमा भारतीय माला ल्याएर नेपालका विभिन्न चिस्यान केन्द्रमा राखिएको छ । अब केही दिनमा बजारमा ल्याउने तयारी गरिँदै छ ।’ श्रेष्ठले भने –‘यसको विरोधमा कृषकले तिहार सुरु भएलगत्तै स्थानीय प्रशासनको सहयोगमा त्यस्ता माला नष्ट गर्ने योजना बनाएका छन् ।’
स्वास्थ्य र देशका लागि पनि लाभदायक हुने हुँदा यसपालीको तिहारमा स्वदेशी उत्पादनलाई प्राथामिकतामा राख्न श्रेष्ठले आग्रह गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्