×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इमानदारिताका पर्याय प्रदिप ज्ञवाली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

इमानदारिताका पर्याय प्रदिप ज्ञवाली

Artha Sarokar

२७ कार्तिक २०७९, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो समय मुलाधारका नेताप्रती आम जनमानसमा वितृष्णा बढ्दो भएपनी केही यस्ता नेताहरु छन्, जो नैतिकता र इमानदारिताको कसिमा खरो उत्रीएका कारण आम नागरिकबीच लोकप्रिय छन् ।

शालिन व्यवहार र सादगी व्यक्तित्वका धनी नेता प्रदिप ज्ञवाली सोही गुणका कारण आम जनमानसमा र विपक्षी दलका नेताहरुमाझ पनि अत्यन्त लोकप्रिय नेता हुन् । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ कुशाग्रबुद्दीका ज्ञवाली भोलिका दिनमा महान व्यक्तित्व हुनेछन् भन्नेकुरा उनको बाल्यकालबाट नै प्रष्ट हुन्छ ।

६ बर्षको उमेरमा स्कुल भर्ना भएका, ज्ञवाली राम्रो पढाइका कारण ‘क्लास जम्प’ गर्दै ९ बर्षको हुँदा ६ कक्षा पुगिसकेका थिए भने १३ बर्षको उमेरमा उनी एस.एल.सी. उतिर्ण भए । विज्ञान र अंग्रेजीमा दख्खल राख्ने ज्ञवालीलाई परिवारले ‘विज्ञान पढोस् डक्टर बनोस्’ भन्ने आकांक्षा राखेको भएपनी २०३४ सालमा जीवराज आश्रितसँको भेटले उनको जिवनयात्रा नै बदलदियो ।

सानैदेखि कविता लेख्न रुचाउने ज्ञवाली काउले स्कूलमा पढाउँदै गर्दा दिउँसोको समय घाम ताप्दै, अपाङ्गको मगन्ते विषयमा खण्डकाव्य लेख्दै थिए । अकस्मात ! आइपुगेका आश्रितले उनको लेखाईको प्रशंसा गर्दै गरिबको पक्षमा लेख्नमात्र नभइ डटेर उभिन पनि आग्रह गरे । २०२८ सालमै आफू पढ्दै गरेको चौतारा स्कुलबाट जुलुस निकालेर त्यसको नेतृत्व गरेका, २०३० सालमै कक्षा ८ पढ्दैगर्दा पुष्पलालको पार्टीको विद्यार्थी संगठनमा स्कुलको इकाई सदस्य भइसकेका ज्ञवालीलाई अझै डटेर कम्युनिस्ट राजनीतिमा लाग्न प्रेरित गरायो, जिवराज आश्रितसँगको त्यो भेटले ।

वि.सं. २०३५ साल चैतमा आश्रीत सचिव रहेको गुल्मी–पाल्पा संयुक्त समितिको नेकपा मालेको जिल्ला समिति सदस्य बनेपछी उनी पुर्णकालिन राजनीतीज्ञको रुपमा भुमीगत भए । डक्टर बनेर रोगको चिरफार गर्ला भनिएका ज्ञवाली समाजमा व्याप्त असमानताको चिरफार गर्ने बाटोमा अघि बढे । राजनीतिक यात्राकै क्रममा ज्ञवालीको पाल्पाली ढाका उद्योगमा मजदुरको आवरणमा संगठनको काम गर्दै गरेकी सरस्वती ‘किरण’ सँग भेटघाट भयो । उक्त भेटघाटले अन्ततः ज्ञवाली र सरस्वतीलाई जनवादी विवाहसम्म पुयायो ।

राजनीति छोडेर सरस्वती पारिवारिक जिवनमा फर्किइन् भने ज्ञवाली अझ शसक्त रुपमा भूमिगत राजनीतिमा लागे । त्यसैले प्रदिप ज्ञवालीको राजनीतिक यात्रामा सरस्वतीको त्याग र बलिदानको ठूलो योगदान छ ।

२०४४ सालमा जनआन्दोलन हुने चर्चा परिचर्चा हुँदै गर्दा सरस्वती गर्भवती थिइन् । ६ महिनाको बच्चा पेटमा हुँदैगर्दा छापामार्न प्रहरी घरमा आउँदै गरेको सूचना पाएर घरमा भएका चिठिपत्र र कागजात लुकाएर हतार–हतार लिस्नुबाट झर्न खोज्दा उनी भैंसी बाँध्ने किलामा ठोकिइन् भने लिस्नु पनि खसेर उनको पेटमाथी बज्रीयो । उनको पहिलो सन्तान, छोरीको ‘प्रि म्याचुअर्ड डेलिभरी’ भयो । मस्तिष्क पक्षघात भएकी छोरी हिडडुल गर्न, बोल्न र आँफै खान सक्दिनन् ।

यसरी पढाई, वैवाहिक जिवनका रसरङ्ग, परिवार सबैलाई तिलाञ्जली दिएर राजनैतिक परिवर्तका लागि होमिएका ज्ञवाली परिवर्तनपछि लाभको पदमा हुँदा पनि अनुचित लाभ लिने बाटोमा कहिल्यै लागेनन् ।
पटक–पटक सांसद, मन्त्री बन्दा पनि अनुचित तबरबाट आय–आर्जन गर्दै आफ्नो दुनो सोझ्याउने तर्फ कहिल्यै लागेनन् । पर्यटन तथा नागरीक उड्ड्यन मन्त्री हुँदा र करिब सवा ३ बर्ष परराष्ट्र मन्त्री भएपछी सार्वजनिक सम्पत्ती वितरणमा केही घरायशी सामान र करिब दुई सय पुस्तक थपिनुभन्दा केही फेरबदल भएको छैन ।

मन्त्री पद गुमाएपछि रोनाधोना गर्ने, गाली-गलौच गर्ने, क्वाटर छाड्न नमान्ने, क्वाटरको टेबल कुर्सीसमेत उठाएर लैजाने हाम्रा आम मन्त्रीहरूको सिको मन्त्री ज्ञवालीले कहिल्यै गरेनन् । शालिन ढङ्गले इमानदार भई प्रस्तुत भए, र त प्रदिप ज्ञवाली भए ।

पछिल्लो समय लगभग सवा तीन बर्ष परराष्ट्र मन्त्रीको रुपमा उनको कार्यकाल निकै प्रशंसनीय एवंम उपलब्धी मुलक रहयो । अन्तराष्ट्रीय मंचमा नेपालको यत्तिको गर्विलो उपस्थिती निक्कै दशकपछि मात्र ज्ञवालीको कार्यकालमा भयो । राष्ट्रिय राजनीतिमा यस्तो प्रभावशाली छवि बनाएका ज्ञवालीले आफ्नो गृहजिल्ला गुल्मीलाई पनि विकासको बाटोमा अघि बढाउन यथस्ट प्रयत्न गरेका छन् ।

कालिगण्डकी करिडोर, मदन भण्डारी राष्ट्रिय राजमार्ग, रेसुङ्गा एयरपोर्टः राष्ट्रिय राजमार्ग नं. १९ जस्ता रणनैतिक पुर्वधारको कामहरु आफ्नै पहलमा सुरुगरेका ज्ञवाली उक्त परियोजनाहरु यथासिघ्र सम्पन्न गराउने तर्फ कटिबद्ध छन । शिक्षाको क्षेत्रमा पनि ४२ सालमा स्थापना भएको रेसुङ्गा बहुमुखी क्याम्पस आङ्गिक क्याम्पस बनेको छ । रानिबास स्थित श्रीङेश्वर बहुमुखी क्याम्पसमा कृषी पढाइ हुन थाल्नु, मजुवामा सिभिल इन्जिनियरिङको पढाइ सुरू हनुमा प्रदिप ज्ञवालीको विशेष पहल रहेको छ । यसबाहेक जिल्लामा २५ शैँयाको अस्पताल, कोभिडकालमा अक्सिजन प्लान्ट र पिसिआर टेस्ट, खाने पानीको सन्दर्भमा एकघर एक धारा ज्ञवालीकै पहलमा भएका हुन् । जिल्लाका विभिन्न ४० सडक कालोपत्रका लागि बजेट विनियोजन, रिडीमा केन्द्र सरकार र प्रदेश सरकारको सहकार्यमा चलिरहेको प्रदेश गौरवको आयोजना लगायत अन्य थुप्रै विकासका काममा ज्ञवाली सदैव अग्रसर रहदै आएका छन् ।

यसरी केन्द्रीय राजनीतिको माथिल्लो तप्कामा पुगेर पनि आफ्नो धरातल नभुलेका नेता हुन् प्रदिप ज्ञवाली । इमानदारीता र नैतिकताको कसिमा खरो उत्रिएका ज्ञवाली गुल्मी जिल्ला र राष्ट्रिय राजनीतिलाई अत्यावश्यक पात्र हुन् । असक्त, बेसाहारा र वृद्धवृद्धा हरुको साहारा बनेका ज्ञवाली युवाहरुको एकीकरण र उनीहरूको रोजगार सँग जोडिएका विषयमा निकै चिन्तित छन् । ज्ञवाली जस्ता विशिष्ट राजनीतिज्ञको जितले नै राष्ट्रिय राजनीतिमा लागेको दाग पखाल्दै केन्द्रिय राजनीतिलाई सहि मार्ग निदेर्शन गर्नुका साथै गुल्मिको समग्र विकास लागि कोशेढुङ्गा सावित हुनेछ । (लेखकः विष्णु बाबु पन्थ)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी