×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बीमा संस्थानको ४ अर्व बढी बीमा शुल्कले बीमा क्षेत्रमा तरङ्ग, ‘डिस्क्लोजर’ नहुँदा भ्रम, प्रमुख भन्छन्-‘कमजोरी भयो’

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले नागरिक लगानी कोषबाट आएको तीन अर्ब व्यवसायलाई सटिक रुपमा प्रस्तुत नगर्नु र यसको आवश्यक ‘डिस्क्लोजर’ नदिंदा सर्वसाधारण भ्रममा परेका छन् । संस्थानले साउनमै देखाउनुपर्ने बीमाशुल्कको सो तथ्यांक अहिले आएर देखाएपछि अधिकांश भ्रममा परेका हुन् । गएको मंसिर महिनामा संस्थानले चार अर्ब आठ करोड रुपियाँको बीमाशुल्क आर्जन गरेको विवरण नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको छ । जवकि सो चार अर्ब ८ करोड रुपैयाँमध्ये ३ अर्व नागरिक लगानी कोषबाट आएको रकम हो ।
यस विषयमा सार्वजनिक भएको विवरणमा कतै पनि उल्लेख भएको छैन । जवकि अन्तराष्ट्रिय अभ्यास हेर्ने हो र नेपालकै एनएफआरएसको सिद्धान्त हेर्ने हो भने यस्ता कुराहरुमा अनिवार्य ‘डिस्क्लोजर’ दिनुपर्छ ।  सबैको बीमाशुल्क ओरालो लागिरहेका बेला राष्ट्रिय बीमा संस्थानले सर्वसाधारण भ्रममा पर्नेगरी विवरण सार्वजनिक गर्दा सेयरधनीहरुसमेत झुक्किएका छन् ।
गत कार्तिक महिनामा संस्थानले जम्मा ३६ करोड ४५ लाख रुपैयाँ बराबरको बीमा शुल्क उठाउन सकेको थियो । तर मंशिर महिनामा ठुलो तथ्यांक देखिंदा सबैमा भ्रम परेको हो ।
‘साउन महिनामै देखाउनुपर्ने विवरण अहिले आएर किन देखाइयो ?’ अर्थ सरोकारको प्रश्नमा बीमा संस्थानका प्रमुख प्रशाशक कवि पाठक अन्डराईटिङमा ढिलो भएका कारण साउनमा देखाउनुपर्ने तथ्यांक मंशिरमा देखाउनुपरेको स्वीकार्छन् । यसको डिस्क्लोजर किन नदिएको भन्ने प्रश्नमा पनि पाठकले त्यसमा केहि कमजोरी भएको स्वीकारेका छन् ।
हामीले गएको साउनमा जोड्नुपर्ने बीमाशुल्क अन्डराईटिङ हुन सकेको थिएन । अन्डराईटिङ नहुँदा सो रकम सिष्टममा बसेन । हामीले सो कमजोरीलाई सुधार्न सो तथ्यांकलाई मंशिरमा जोड्यौं । जसका कारण हाम्रो व्यवसाय एकाएक बढेको जस्तो देखियो । डिस्क्लोजर नदिनु भने कमजोरी भयो।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: