काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२३ जनवरी १ अर्थात पुस १७ गतेदेखि कुमारी र एनसीसी बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । मर्जर सम्झौता गरेको तीन महिनामै यी दुई कम्पनीले एकीकृत कारोबार सुरु गरेका हुन् ।
एनसीसी बैंकसँगको मर्जरपछि कुमारी बैंकले आकर्षक प्रगति गर्ने नेपाल बैंकर्स संघका कार्यबाहक अध्यक्ष सुनिल केसीले बताएका छन् । कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै एनएमबि बैंकका सीईओ समेत रहेका केसीले मर्जर प्रश्चात कुमारी बैंकले प्रगतिमा ठूलो छलाङ्ग मार्ने बताएका हुन् ।
‘दुवै बैंकले मर्जरपछि नयाँ वर्षको शुभ-साइतमा एकीकृत कारोबार सुरु गरेका छन्’, अध्यक्ष केसीले भने, ‘यसले थप उत्साह छाएको छ ।’ कार्यक्रममा बोल्दै केसीले मर्जरको ६५औँ दिनमै एकीकृत कारोबार गर्न सफल हुनु नै ठूलो फड्को भएको बताएका छन् ।
‘कुमारी र एनसीसी बैंकबीचको मर्जरमा नेपाल बैंकर्स संघको पनि पूर्ण सहयोग रहनेछ’, उनले भने, ‘नेपालको बैंकिङ क्षेत्रमा देखिएको असहज परिस्थिति मर्जरका कारण सहज बन्दै जानेछ ।’
त्यस्तै, कुमारी बैंकका सीईओ रमेश अर्यालले मर्जर प्रश्चात कुमारी बैंक विभिन्न सूचकमा ठूलो हुने दाबी गरेका छन् । ‘वित्तीय स्थायित्व र वित्तीय प्रणालीलाई सहि दिशामा ल्याउन दुई बैंकबीच मर्जर भएको हो’, उनले भने, ‘ग्राहकलाई गुणस्तरीय सेवा दिन र लगानीकर्तालाई आकर्षक प्रतिफल दिन सक्दो प्रयास गर्नेछौँ ।’
एकीकृत कारोबारपछि बैंकको चुक्ता पूँजी २६ अर्ब २३ करोडपुगेको छ भने बैंकको कुल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, मर्जरपछि बैंकको कर्जा २ खर्ब ८० करोड रुपैयाँ पुगेको छ । मर्जर प्रश्चात कुमारी बैंक लिमिटेडले ४१५ वटा स्थानहरूबाट आफ्ना आधुनिक सुविधाहरू प्रदान गर्ने भएको छ । जसअन्तर्गत ३०६ वटा शाखा कार्यालय, ४७ वटा एक्स्टेन्सन काउन्टर र ६२ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा एटीएम संख्या ३४५ रहने भएको बैंकले जनाएको छ ।
मर्जरपछि बनेको कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेश राज अर्याल रहने भएका छन् भने रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्