×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा घोटाला प्रकरण : ‘केहि कर्मचारीले गल्ती गर्दा सबै मुछियौं, गल्ती गरेको छैन, पक्राउ परेको पनि होइन’

काठमाडौँ । कामना सेवा बिकास बैंकमा भएको झन्डै ४० करोड घोटाला प्रकरण यतिबेला चर्चामा छ । सुरुमा अर्थ सरोकार डटकमले घोटाला भएको विषयमा समाचार ब्रेक गरेपछि राष्ट्र बैंकले यस विषयमा विशेष चासो देखाएको थियो । राष्ट्र बैंकको समेत चासो देखिएपछि बैंकले पनि यस विषयमा अनुसन्धान गरी सीआईबीमा यो केस पठाएको थियो । तर प्रचलित कानुन अनुसार प्रहरीले सबैको बयान लिएपछि र थुप्रै कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि अहिले यो केस सतहमा छ । यसैबीच हामीले कामना सेवा बिकास बैंकका पूर्व सीइओ प्रवीण बस्नेतसँग खास कुराकानी गरेका छौं ।
१. कामना सेवामा तपाईं सीइओ रहँदा करोडौंको घोटाला भएको देखियो, तपाईं पक्राउ पनि पर्नुभयो भन्ने कुरा आयो, छुट्नु पनि भयो भन्ने कुरा छ, खास कुरा के हो ?
पहिलो त म पक्राउ परेको होइन । पक्राउ परेर छुटेको पनि होइन । प्रहरीले बोलाएपछि घटनाबारे जानकारी दिन प्रहरीकहाँ गएकोसम्म हो । पक्राउ भनेर समाचार आएपछि म आफैं अचम्मित भएको छु ।
२. तपाईं सीइओ भएको नाताले तपाईंको संग्लनताका बारेमा पनि प्रश्न उठेको छ नि ?
कसुर भयो भनेर मैले नै सीआइबीलाई जानकारी गराएको हुँ । यसमा मेरो प्रत्यक्ष संलग्नता वा लाभ केहि पनि छैन ।  केही तलका कर्मचारीहरुले बदनियतपूर्ण तरिकाले आन्तरिक मिलेमतो गरेर काम गरेका हुन् । त्यसैले यो प्रकरणमा मैले लिने भनेको नैतिक दायित्व मात्रै हो ।
४. सीइओ भएपछि यसको दायित्व त लिनुपर्यो नि, परेन र ?
मैले नैतिक दायित्व लिएको छु । त्यसैले पनि म आफैंले सीआईबीकहाँ यो केस पुर्याएको हो । बैंकभित्र घोटाला भयो, छानविन गरिदिनुपर्यो भनेर सीआईबीकहाँ केस पुर्याउने मनाछे म नै हो । तर यहाँ नैतिक दायित्व र क्रिमिनल दायित्वबीचको फरक छुट्याउने कानुन नहुँदा बदनियतपूर्ण संलग्नता नहुँदा नहुँदै पनि अनावश्यक रुपमा मानसिक तनावको सामना गर्नुपरेको छ । तर नैतिक दायित्वबाहेक यो केसमा मेरो कुनै पनि संलग्नता छैन ।
५. तर यति ठुलो घोटाला हुँदा पनि समयमा नै माथिल्लो तहमा जानकारी नहुनु पनि गलत भएन र ?
हो, तर यो घटनामा कर्जा प्रवाह गलत तरिकाले भएको छ भन्ने बारेमा हामीले कुनै पनि जानकारी पाएनौँ । त्यसबेला दमक शाखामा दमककै संजिव निरौला शाखा प्रमुख थिए, सुजन राई प्रदेश प्रमुख थिए । घटना घटेको समयमा हामीले   कर्पोरेट अफिसका केही कर्मचारीलाई दमक शाखामा सरुवा गरेका थियौँ । त्यसपछि त्यहाँको गतिविधिमा शंका लागेपछि बैंकले छानबिन पनि गरेको हो र शंकमा सत्यतामा पुष्ठी भएको थियो । छानविन गर्दा कैफियत देखेपछि हामीले दमक शाखाको मूल्यांकन, व्यवसाय र कर्जामा कडाई गरेका थियौँ । यतिसम्म कि ऋण लिएकाहरुलाई बोलाएर रकम तिराउन पनि लगायौँ । तर, कर्जा प्रवाहका क्रममा हामीले कुनै पनि  कैफियतको सूचना पाएनौँ ।
६. करोडौंको घोटाला बाहिर आएको छ, अधिकांश ऋण बिना धितोको भन्ने पनि छ नि ? खास कुरा के हो ?
बाहिर यथार्थभन्दा फरक कुराहरु आएकोमा हामी पनि अचम्मित छौँ । खासमा समस्या आएको भनेको जम्मा ८ वटा फाइलमा हो । जसमध्ये अधिकांश विजनेश कर्जा हुन् भने केही व्यक्तिगत कर्जा छन् । प्रवाह गरिएको सबै ऋणमा घरजग्गा धितो राखिएको छ । ती फाइलमा केहि डकुमेन्ट बिग्रिएका भने छन् । तर धितो नै नभएको भन्ने होइन । अहिले पनि धेरै ऋण उठिसकेको छ । नउठेका ऋणउपर पनि धितो सकार्दा मज्जाले ऋण उठ्छ ।
७. यति सब हुँदा पनि तपाईहरुले राष्ट्र बैंकमा किन जानकारी गराउनु भएन ? 
होइन, हामीले घटना थाहा पाउने बित्तिकै आन्तरिक छानबिन गरेर त्यसको जानकारी राष्ट्र बैंकलाई पठाएका हौँ । त्यसपछि राष्ट्र बैंकले ५-६ महिनापछि सीआईबीलाई केस पठायो । त्यसबेलासम्म हामीले हाम्रो आन्तरिक छानबिन पनि सकिसकेका थियौँ । ८ मध्ये पाँच वटा ऋणको डकुमेन्टमा समस्या देखियो र त्यसको जानकारी पनि हामीले राष्ट्र बैंकलाई गराईसकेको छौँ । फाइल बिग्रिएको थाहा पाएपछि हामीले गर्नुपर्ने काम कतैपनि छोडेका छैनौँ ।
८. अहिले समस्या देखिएको फाइलचाहिं कस्ता छन् ? तपाईंको संलग्नताको पनि कुरा छ नि !
समस्या देखिएका यी ८ फाइलमध्ये मसम्म आईपुगेको भने २ वटा फाइलमा मात्रै हो । त्यसमा पनि पहिलो, दुई करोड रुपैयाँको ऋण नविकरणको फाइल हो, जसमा पहिले नै ऋण रकम दिईसकिएको थियो अब त्यसमा नविकरण गरे पनि नगरे पनि केही अर्थ रहेन । दोस्रो, ४ करोडभन्दा बढीको कर्जा सीईओले हेर्नुपर्ने भएकोले ४ करोड ३५ लाखको विजनेश लोनको फाइल मैले नै हेरेको थिएँ । तर, सो ऋणलाई हामीले नविकरण गर्दा धितो र विजनेशले धान्छ भन्ने सिफरिसको आधारमा दुई करोड ८६ लाख रुपैयाँमा घटाएका थियौँ, पछि यो कर्जाका ऋणी सम्पर्क मै आएनन् । कुरा यत्ति हो । बाँकी सबै फाइल तलबाट नै सदर भएका फाइल छन् ।
९. तर कर्मचारीकै गल्ती छैन भनेर त कसरी मान्न सकियो र ?
मूल्यांकनमा ठूलो फरक देखिएकाले भ्यालुएटररबाट गल्ती भएको हुनसक्ने हाम्रो ठम्याई छ । भ्यालुयटरले बदमासी गरे पनि त्यहाँको शाखा प्रमुख र प्रदेश प्रमुखलाई सो ठाउँको जग्गाको मूल्यांकल, मूल्य र अवस्था त थाहा हुनुपर्ने हो । यहि कैफियत देखेर नै हामीले राष्ट्र बैंकलाई फाइल बिग्रेको जानकारी गराएको हो । कर्जा प्रवाह गर्दा धितो राखिएको जग्गा विवादित हो कि होइन, धितोको स्टाटस के हो, माग गरिएको कर्जालाई यो धितोले थाम्छ कि थाम्दैन भन्ने कुरालाई ध्यानमा राखेर निर्णय गर्नुपर्नेमा त्यहाँ कर्मचारीको कमजोरी देखिन्छ । बाँकी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१०. अन्त्यमा, तपाईं पक्राउ पर्नुभएको कुरा के हो त ? 
अहिले प्रहरीले केस अनुसन्धान गरिरहेको छ । हामी सहयोग गरिरहेका छौं । तर हामीलाई नै अपराधीजस्तो व्यवहार गरिएको छ, कतिपय मिडियाहरुबाट । न म पक्राउ परेको हो, न मा पक्राउ परेर छुटेको हो । तर सबै गल्ती सीइओले गरेको जस्तो व्यवहार भएको छ । बैंकरलाई अपराधको पुष्टी नहुन्जेलसम्म अपराधीजस्तो व्यवहार गर्नु हुँदैन ।  यो केशमा सीईओको रुपमा म पनि पीडित हो । दमकबाट प्रहरीले फोन गरेपछि म आफै गएको हो । तर यहाँ कामना विकास बैंकको सीईओ पक्राउ भनेर प्रहरी आएर प्रचार गरियो । मैले गलत नियतले कुनै काम नगरेले भागेर हिंड्नु जरुरी थिएन्, र छैन । गलत नगरेकाले म गएर र साधेका कुराहरु भनेर आएको छु ।  केहीबेरमा बोलाएको बेला उपस्थित हुनेगरी उहाँहरुले जानु भन्नुभयो । भएको यति हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: