×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी, सबै मन्त्रीको नाम टुंगीयो, ३ बजे शपथ ग्रहण !

PRIME CA
GLOBAL IME BANK

आजै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी, सबै मन्त्रीको नाम टुंगीयो, ३ बजे शपथ ग्रहण !

१७ चैत्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । प्रचण्डले आफू नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम दिनका लागि सत्ता गठबन्धनका दलहरुलाई दिउँसो १ बजेसम्मको समय दिएका छन् ।

१ बजेसम्म दलहरुबाट मन्त्रीको नाम आएसँगै शुक्रबार नै दिउँसो ३ बजे नव नियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउने तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘प्रधानमन्त्री आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा हुनुहुन्छ । कुनै नाटकीय परिवर्तन भएन भने आजै मन्त्रिपरिषद् विस्तार हुन्छ र आजै मन्त्रीहरुको शपथ ग्रहण पनि हुन्छ ।’, सचिवालय स्रोतले भन्यो, ‘मन्त्रीको नाम पठाउन प्रधानमन्त्रीले दलहरुलाई १ बजेसम्मको समय दिनुभएको छ । नाम आएलगत्तै ३ बजे शपथ ग्रहण हुन्छ ।’

तर, सत्ता गठबन्धनका दलहरुबीच कुन दलले कति मन्त्रालय लिने भन्ने विषयमा सहमति भए पनि मन्त्रालयको नेतृत्व कसले लिने भन्नेबारे अन्यौलता देखिएको छ ।

सत्ता गठबन्धनका दलहरुबीच भएको सहमति अनुसार प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलका रुपमा रहेको नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले २/२, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति, जनमत र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने भएका छन् ।

कुन दलबाट को बन्दैछ नयाँ मन्त्री ?
माओवादी केन्द्रको नेतृत्वमा बन्ने नयाँ मन्त्रिपरिषद्मा नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । जसअनुसार उपप्रधान एवमं रक्षा मन्त्रालय सहित खड्काले नेतृत्वमा अर्थमन्त्री डा.प्रकाशशरण महत, परराष्ट्रमन्त्री रमेश रिजाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री धनराज गुरुङ र शहरी विकासमन्त्रीका रुपमा एनपी साउँदलाई पठाउने निर्णय भएको छ ।

त्यस्तै, कांग्रेसले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री सीता गुरुङ, कानून न्याय तथा संसदीय मामिलामन्त्रीमा डिगबहादुर लिम्बू र स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेतलाई पठाउने भएको हो ।

यता नेकपा माओवादी केन्द्रका तर्फबाट भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् । हाल माओवादीबाट सञ्चारमन्त्रीमा रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती रहेका छन् ।

त्यस्तै, एकीकृत समाजवादीले शिक्षा र भौतिक पूर्वाधार मन्त्रालय लिने भएको छ । शिक्षामन्त्रीमा एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका छन् । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले शरतसिंह भण्डारीलाई श्रम, राजेगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने निर्णय गरिसकेको छ । तर, जसपाले पाएको दुईवटा मन्त्रालयमा कसलाई पठाउने भन्ने बारेमा कुनै सहमति नभएको पार्टी स्रोतले बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: