काठमाडौं । नागरिक लगानी कोषको ३३औं वार्षिकोत्सव सम्पन्न भएको छ । कोषको कार्यालयमा एक समारोहको आयोजना गरी कोषले वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव समारोहमा अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले वार्षिकोत्वको दिन कोषलाई थप उचाइमा पुर्याउन प्रतिज्ञा गर्नुपर्ने बताए । कोषले बचत गर्ने र लगानी गर्ने आवसरका रुपमा लिएर अगाडि बढ्नुपर्ने उनले बताएका थिए । अनलाइन प्रणालीमा गएपछि सेवामा तिव्रता आएको तर सबै राम्रो भएको भन्न भने नमिल्ने उनको भनाइ थियो ।
बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पुँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले २०४८ सालमा स्थापना भएको कोषले हालसम्म दुई खर्ब रुपैयाँ भन्दा बढी लगानी गरिसकेको जनाएको छ ।
कोषका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई खर्ब पाँच अर्ब ६९ करोड रुपैयाँ लगानी गरेको छ । सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम दुई खर्ब छ अर्ब १९ करोड रुपैयाँ छ । हालसम्म मुद्दती निक्षेपमा एक खर्ब छ अर्ब २६ करोड रुपैयाँ, धितो पत्रमा २८ अर्ब २६ करोड १३ लाख रुपैयाँ, कोषका सहभागीलाई सापटी तथा आवास कर्जामा ४५ अर्ब ९२ करोड १५ लाख रुपैयाँ र समकालीन कर्जामा २२ अर्ब ६९ करोड ८० लाख रुपैयाँ लगानी गरेको कोषले जनाएको छ । पुस मसान्तसम्ममा अधिकृत पुँजी र जारी पुँजी समान आठ अर्ब रुपैयाँ रहेको कोषको चुक्ता पुँजी चार अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ ।
नागरिक लगानी कोषमा सरकारको २३ दशमलव ३४ प्रतिशत शेयर स्वामित्व छ । त्यस्तै राष्ट्रिय बीमा संस्थानको ३१ दशमलव ५५, नेपाल स्टक एक्सचेन्जको १०, अन्य बैंक तथा वित्तीय संस्थाको १५ दशमलव ११ र सर्वसाधारणको २० प्रतिशत स्वामित्व छ । लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, बीमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकाङ्क योजना, नागरिक पेन्सन योजना, लगानी व्यवस्थापन, ब्रिज ग्याप लोन, सहभागी कर्जा, परियोजना कर्जा, धितोपत्र लगानीजस्ता कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्