काठमाडौं । क्रिप्टोमा अत्याधिक लगानीका कारण तरलता व्यवस्थापन गर्न नसक्दा अमेरिकाको सिलिकन भ्याली ‘ढलेको’ छ । अमेरिकामा निक्षेप सुरक्षणको जिम्मा पाएको फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले सिलिकन बैंक बन्द गर्ने निर्णय गरेको हो ।
सिलिकन भ्याली अमेरिकामा सबैभन्दा ठूलो बैंकहरुमध्ये १६औँ स्थानमा पर्दछ । मुद्रस्फिती आकासिएसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले निरन्तर ब्याज बढाउँदा अमेरिकाका अधिकांश बैंकहरुले लगानी गरेको ‘बन्ड मार्केट’ हालसम्मकै न्यून बिन्दुमा पुगेपछि एक्कासी निक्षेपकर्ताले बैंकबाट निक्षेप फिर्ता लैजाँदा संस्था बन्द हुने अवस्थामा पुगेको हो ।
सिलिकन बैंक बन्द हुनुको मुख्य कारण अल्पकालीन निक्षेप धेरै हुनु र तरलता संकट अत्याधिक हुनु रहेको विश्लेषकहरु बताउँछन् । घाटा पूर्तिका लागि यस बैंकले गत बुधबार मात्र ठूलो हिस्सामा बन्ड (सेयर) बेचेको र करिब २.२५ बिलियन बराबरको नयाँ सेयर बेच्ने घोषणा गरेको थियो । बैंकको उक्त घोषणापछि ठूला सेयरहोल्डर र बचतकर्ताले आफ्नो लगानी र बचत फिर्ता लिन सुरु गरेका थिए ।
तरलता अभावका कारण टाँट पल्टिने अवस्थामा पुगेपछि बैंक बन्द गर्नुपरेको नियामक निकाय एफडीआईसीले जनाएको छ । यद्यपि एफडीआईसीले सबै बचतकर्ताको पैसा सुरक्षित भएको बताएको छ । एफडीआईसीले अमेरिकामा प्राकृतिक व्यक्तिको प्रतिखाता २ लाख ५० हजार अमेरिकी डलर बराबरको निक्षेप सुरक्षण (बिमा) गर्दै आएको छ । बिमा गरिएको रकम बराबर निक्षेप फिर्ताका लागि एफडीआईसीले सोमबार (मार्च १४ तारिख, २०२३) मा निक्षेपकर्तालाई डाकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्