काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान हुने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा अर्थमन्त्री डा.महतले मौद्रिक नीतिमार्फत ब्याजदर घटाइने बताएका हुन् ।
‘अर्थतन्त्रमा देखिएको शिथिलता किन आयो भन्ने निजी क्षेत्र जानकार छ’, उनले भने, ‘ब्याजदरका विषयमा मौद्रिक नीति खुकुलो गर्न जरुरी छ, यसका लागि नेपाल राष्ट्र बैंकलाई भनिसकेको छु ।’ त्यस्तै, उनले राष्ट्र बैंकले यसलाई गम्भीररुपमा लिएको र छिट्टै एउटा निर्णयमा पुग्नेमा विश्वास समेत व्यक्त गरेका छन् ।
राष्ट्र बैंकलाई स्वतन्त्ररुपमा काम गर्ने अधिकार भएको भन्दै उनले एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिमा कसिकसाउ गरेको भए पनि अब भने खुकुलो गर्न जरुरी रहेको बताए । उनले मौद्रिक नीतिमार्फत बजारमा पुँजी प्रवाह आवश्यक रहेको उल्लेख गरेका छन् । ‘ब्याजदरले अवश्य पनि समस्या सिर्जना गरेको छ । अब मौद्रिक नीतिमार्फत पुँजी प्रवाह जरुरी छ ।’, उनले भने, ‘यसमार्फत उद्योग व्यवसायलाई सहयोग पुग्नेछ ।’ त्यस्तै, अर्थमन्त्री महतले अहिले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन आवश्यक रहेको बताएका छन् । ‘हाम्रो ठेक्का प्रक्रिया, ‘साइट क्लियरेन्स’लगायतमा समस्या छ ।’, उनले भने, ‘यसले गर्दा आयोजनाको काम अपेक्षा अनुसार अघि बढ्न सकेको छैन । आर्थिक वर्षको अन्तिम त्रैमासमा ठेक्का लगाउने परम्परा हटाउनुपर्ने देखिएको छ ।’
आर्थिक वर्षको पहिलो दिनबाट नै काम सुरु गर्नुपर्ने भन्दै उनले यसका लागि सबै मन्त्रालयका साथीसँग कुरा गरिरहेको समेत बताएका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुतका लागि एक महिना बाँकी रहेको भन्दै बजेटमार्फत समस्या समाधानमा आफू इमान्दारिताका साथ लाग्ने अर्थमन्त्रीको भनाई रहेको छ ।
अर्थतन्त्रलाई गाडीका रुपमा चित्रित गर्दै अर्थमन्त्री महतले गाडी चल्नका लागि जसरी विभिन्न पार्टसको भूमिका रहन्छ, मुलुकको अर्थतन्त्र चलायमान हुनका लागि पनि सबै पक्ष दुरुस्त हुन जरुरी रहेको बताएका छन् । ‘अर्थतन्त्र गाडी कुदेको जस्तै हो, गाडीमा, स्टेरिङ मात्रै राम्रो भएर हुँदैन अन्य पक्ष पनि राम्रो हुनुपर्छ ।’, उनले भने, ‘सबैले आ-आफ्नो जिम्मेवारी एक साथ पूरा गरेमात्रै गाडी गन्तव्यमा पुग्नसक्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्