×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रास्वपा सरकारमा आउने भएपछि कांग्रेसभित्र छलफल- ‘स्वर्णिम वाग्लेलाई नमान्ने, अर्थ नछोड्ने, रविको जिम्मा प्रचण्डलाई’

PRIME CA
GLOBAL IME BANK

रास्वपा सरकारमा आउने भएपछि कांग्रेसभित्र छलफल- ‘स्वर्णिम वाग्लेलाई नमान्ने, अर्थ नछोड्ने, रविको जिम्मा प्रचण्डलाई’

१९ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने लगभग पक्कापक्की भएपछि सत्तारुढ दल नेपाली काँग्रेसले पनि छलफल सुरु गरेको छ । प्रधानमन्त्री प्रचण्डले काँग्रेसको भागमा परेको र अहिले रिक्त रहेको स्वास्थ्य मन्त्रालय, माओवादीको भागमा परेको गृह मन्त्रालय र अर्को एक शक्तिशाली मन्त्रालयसहित रास्वपालाई सरकारमा सहभागी गराउनेगरी तयारी गरेपछि काँग्रेसले आन्तरिक छलफल थालेको हो ।

प्रचण्डले रास्वपालाई गृहको सट्टा काँग्रेसको भागमा परेको अर्थ मन्त्रालयको प्रस्ताव गर्ने तयारी गरेका थिए । तर नेपाली काँग्रेसका नेताहरुले भने रास्वपालाई अर्थ मन्त्रालय दिएको खण्डमा पार्टीले नेपाली काँग्रेस छोडेर रास्वपाबाट सांसद बनेका स्वर्णिम वाग्लेलाई मन्त्री बनाउने र त्यो काँग्रेसलाई सह्य नहुने भन्दै विमती जनाएका थिए ।

काँग्रेस नेताहरुले रास्वपालाई सरकारमा ल्याउने कुरामा कुनै पनि समस्या नरहेको तर स्वर्णिम वाग्लेलाई मन्त्रीका रुपमा स्वीकार्न नसक्ने र रवि लामिछानेको सबै जिम्मा पनि प्रचण्ड स्वयमले लिनुपर्ने तर्क गरेका थिए ।

काँग्रेस नेताहरुको छलफलमा स्वर्णिम वाग्लेसँग हारेका गोबिन्द भट्टराईलाई कसरी कहाँ सेटल गर्ने भन्ने विषयमासमेत छालफल भएको एक नेताले जानकारी दिएका छन् । छलफलका क्रममा काँग्रेस नेताहरुले अर्थ मन्त्रालय छोड्न नहुनेतर्फ विशेष जोड दिएका थिए । गृह पनि नपाउने र अर्थ पनि नपाउने स्थितिमा काँग्रेस सरकारमा रहनुको खास औचित नहुने बताउँदै नेताहरुले नेपाली काँग्रेसले अर्थ मन्त्रालय छोड्न नहुने तर्क गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: