×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपरेशन प्लस टु- ६ : क्यारेक्टर सर्टिफिकेटका नाममा कलेजको ‘लुट’, कति लिने भन्ने मापदण्ड नहुँदा मनपरी असुली !

PRIME CA
GLOBAL IME BANK

अपरेशन प्लस टु- ६ : क्यारेक्टर सर्टिफिकेटका नाममा कलेजको ‘लुट’, कति लिने भन्ने मापदण्ड नहुँदा मनपरी असुली !

२६ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कलेजको पढाई सकिएपछि विद्यार्थीको चरित्र ठिक थियो भनेर एउटा प्रमाणपत्र दिन्छ आफु पढेको कलेजले । यो विद्यार्थीले अनिवार्य लिनुपर्ने प्रमाणपत्र हो, कारण यो धेरै ठाउँमा अत्यावश्यक कागजात हो । कलेज पढ्दा नीज विद्यार्थीको चरित्र ठिक थियो भनेर प्रमाणित गरिने यो कागजको आजकल भने व्यापार हुन थालेको छ । सामान्य स्कुल-कलेजले १००० रुपैयाँसम्म लिने यो प्रमाणपत्रका लागि काठमाडौँका कतिपय कलेजले ५००० रुपैयाँसम्म असुली गरेको पाइएको छ ।
मापदण्ड नहुँदा मनपरी असुली !
यसो त चारित्रिक प्रमाणपत्र लिनका लागि कति शुल्क लिने भन्ने मापदण्ड नै छैन । र त कलेज हेरीहेरी क्यारेक्टर सर्टिफिकेटको शुल्क कलेज आफैंले निर्धारण गरेका छन् । काठमाडौँका प्लस टु कलेजमा हेर्दा घटीमा १५०० रुपैयाँ र बढीमा ८००० सम्म असुली गरिएको पाइएको छ । यसको कतैबाट नियमन पनि हुँदैन र कलेजले मनखुसी यो प्रमाणपत्रको रेट राख्ने गरेको पाइएको छ । यतिसम्मकि विद्यार्थी हेरेर यस्तो शुल्क घटबढसमेत हुने गरेको पाइएको छ । ‘क्यारेक्टर सर्टिफिकेटको कति लिने भन्ने विषयमा कुनै पनि मापदण्ड छैन ।’ काठमाडौँमा संचालित एक कलेजका संचालकले अर्थ सरोकारसँग भने- ‘कलेज हेरीहेरी भिन्न-भिन्न रेट छ । हाम्रो कलेजले २००० रुपैयाँ लिन्छ । कतिपय कलेजले १५०० मै पनि यो प्रमाणपत्र दिने गरेका छन् । कतिपय कलेजले ८००० सम्म लिएको थाहा पाएका छौं ।’
सर्टिफिकेटमै हुन्छ बार्गेनिङ, रेष्टिकेट नै भएका विद्यार्थीलाई पनि पैसा लिएर सर्टिफिकेट !
यसो त यस्तो प्रमाणपत्रका लागि कतिपय विद्यार्थीले बार्गेनिङसमेत गर्ने गरेका छन् । कतिपय विद्यार्थीले कक्षा ११मै भर्ना गर्दा क्यारेक्टर सर्टिफिकेट नि:शुल्क दिनुपर्ने सर्त राख्ने गरेको र कलेजले पनि विद्यार्थी भर्ना गर्न यस्तो सर्त मान्ने गरेकोसमेत पाइएको छ ।
‘मलाई क्यारेक्टर सर्टिफिकेटका नाममा हुने यस्तो मनपरी असुलीको बारेमा थाहा थियो । त्यसैले मैले कक्षा ११ मा भर्ना गर्ने बेलामा नै मलाई क्यारेक्टर सर्टिफिकेट नि:शुल्क दिनुपर्ने बताएको थिएँ ।’ हाल प्लस टु सकेर काठमाडौँमै ब्याचलर अध्ययन गरिरहेका विद्यार्थीले अर्थ सरोकारसँग भने- ‘प्रिन्सिपल सरले हाँस्दै हुन्छ भन्नुभएको थियो र सोहि अनुसार भयो । अहिले ब्याचलरमा पनि त्यहि सर्त राखेर भर्ना भएको छु ।’
यसो त यस्तो सर्टिफिकेट क्यारेक्टर नराम्रो भएर रेष्टिकेट भएका विद्यार्थीलाईसमेत दिने गर्छन् कलेजले । कतिपय कलेजले त रेष्टिकेट भएका विद्यार्थीसँग क्यारेक्टर सर्टिफिकेटको मात्र ५० हजार रुपैयाँ लिने गरेको पाइएको छ । ५० हजार रुपैयाँ तिरेपछि ती विद्यार्थीको आचरण जस्तो गलत भए पनि कलेजले नीजको आचरण र चरित्र एकदम राम्रो थियो भनेर लेखिदिन्छ ।
शैक्षिक विज्ञहरु भने यसलाई गलत भन्छन् । क्यारेक्टर सर्टिफिकेट सकेसम्म नि:शुल्क दिनुपर्ने र रकम लिए पनि थोरै मात्र लिनुपर्ने तर्क अधिकांश विज्ञको छ । तर पैसा तिरेपछि पाइने र लिनेले लिने पैसा पनि जति पनि लिने काम भने अत्यन्तै गलत भएको तर्क विज्ञहरुको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: