काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वसाधारण मात्र नभएर स्वयम् बैंकर पनि वित्तीय साक्षरताको ज्ञानबाट टाढा रहेको बताएका छन् । आइतबार वित्तीय साक्षरता टेलिभिजन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अहिले नेपालमा सर्वसाधारण मात्रै नभएर वित्तीय साक्षरतासम्बन्धी स्वयम् बैंकर नै अनविज्ञ रहेको बताएका हुन् ।
‘राष्ट्र बैंकले उपलब्ध गराएका सुविधा र बैंकभित्र रहेका धेरै सेवाबारे बैंकर स्वयमलाई नै थाहा छैन ।’, उनले भने, ‘यसबारे सबैले बुझ्नुपर्छ । यसले सर्वसाधारणलाई बैंकको सेवा छनोट गर्न र सही निर्णय लिन सघाउँछ भने बैंकरलाई आफ्ना प्रोडक्टबारे ज्ञान दिन्छ ।’ बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, लघुवित्त बैंकर्स संघ तथा विभिन्न बैंकका सीईओ एवम् कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममै गभर्नरले बैंकरमै वित्तीय साक्षरताको कमी भएको कुर उल्लेख गर्दा बैंकरहरु लाजले भुतुक्कै भएका थिए ।
त्यस्तै, गभर्नर अधिकारीले वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई पनि बढाउन आवश्यक रहेको बताएका छन् । ‘म नेपाली नोटमा हस्ताक्षर गर्नेमध्येको एउटा गभर्नर हूँ । तर, मेरो कामना मैले हस्ताक्षर गरेको नोट फ्रेममा रहोस् भन्ने छ ।’, उनले भने, ‘हाम्रो कारोबार र कारोबारको सेटलमेन्ट डिजिटल होस् । जुन कुरालाई पछिल्लो समाजले प्रयोग गर्दै आईरहेको पनि पाईरहेका छौँ ।’ डिजिटल कारोबारले आर्थिक सुशासन कायम गर्नुका साथै कारोबारलाई पारदर्शि बनाउने समेत गभर्नर अधिकारीले बताएका छन् ।
त्यस्तै, गभर्नर अधिकारीले अघिल्लो वर्षबाट डिजिटल आर्थिक साक्षरताको अभियान पनि सुरु भएको बताएका छन् । फलस्वरुप प्राय नेपालीहरु अहिले मोबाइल बैंकिङ् प्रयोग गर्न सक्ने भएको अधिकारीले बताए । योसँगै एक पटक लिएको बैंकिङ कारोबारको दररेट सात वर्षसम्म परिर्वतन नहुने व्यवस्था पनि रहेको तर त्यसलाई मानिसहरुले उपयोग गर्न नसकेको गभर्नर अधिकारीले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्