Skip to content
LAXMI SUNRISE BANK

१ किलो चरेससहित धनगढीबाट दुईजना पक्राउ 

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्यूरो

कैलाली । कैलालीमा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । शनिबार जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ बाट १ किलो २९० ग्राम कालो प्लाष्टिकमा बेरेको चरेससहित दुई जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा धनगढी १८ एफ गाउँका २४ वर्षीय केदार बोहरा र सोही ठाउँका २७ वर्षीय सन्तोष बिष्ट रहेका छन् । उनीहरुलाई थापाघाट सीमा ईलाकामा सशस्त्र प्रहरी बल नेपाल बिओपी फुलवारीको टोलीमा नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट १ केजी २९० किलो प्लाष्टिकमा बेरेको कालो पदार्थ बरामद गरिएको छ । 

हाल बरामद भएको लागूऔषध र उनीहरुले प्रयोग गरेको स्कुटरसहित दुवैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बहुलियामा बुझाइएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK