काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिदै गएको छ । गत आर्थिक वर्षको मौद्रिक नीतिले कर्जामा ल्याएको संकुचनले गर्दा बैंकहरुमा ४ खर्ब ६२ अर्ब बढी रुपैयाँ लगानीयोग्य पुँजी रहेको छ ।
तरलता बढेसँगै बैंकहरुको कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ८२.०५ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गरेकाले बैंक तथा वित्तीय संस्थासँग निक्षेपको ७.९५ प्रतिशत कर्जा लगानी गर्ने क्षमता रहेको छ । हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ५८ खर्ब ६ अर्ब कायम भएको छ । सरकारले गत साउनमा स्थानीय सञ्चिति कोषको रकम निक्षेप गणना गर्ने सुविधा फिर्ता लिएको थियो ।
२०७८ मा अर्थ मन्त्रालयले स्थानीय सञ्चिति कोषको ८० प्रतिशत रकम निक्षेप गणनामा प्रयोग गर्न दिने व्यवस्था गरेको थियो । जसले गर्दा बैंकिङ प्रणालीबाट करिब १ खर्ब तरलता घटेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरुको आग्रहपछि पुनस् अर्थ मन्त्रालयले स्थानीय सञ्चिति कोषको ६० प्रतिशत रकम निक्षेप गणनामा प्रयोग गर्न दिने निर्णय गरेको छ । उक्त निर्णयसँगै बैंकिङ प्रणालीमा करिब ६४ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । मन्त्रालयको उक्त निर्णयपछि बैंकिङ प्रणालीमा तरलता झनै बढेर गएको छ ।
चालु आर्थिक वर्षको साउन, भदौ र असोजको १३ गतेसम्म बैंकिङ प्रणालीमा करिब ९६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । गत असार मसान्तमा कुल निक्षेप ५७ खर्ब १० अर्ब रुपैयाँ रहेको थियो । यस्तै यस अवधिमा कर्जा प्रवाह १ खर्ब ३५ अर्ब रुपैयाँ भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल कर्जा प्रवाह ४७ खर्ब ९७ अर्ब रुपैयाँ प्रवाह भएकोमा असोज १३ गतेसम्ममा ४९ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि अन्तर बैंक ब्याजदर घटेर २.५२ प्रतिशत कायम भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्