×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कवाडी सामान निकासीमा कर, व्यवसायीहरु विरोधमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कवाडी सामान निकासीमा कर, व्यवसायीहरु विरोधमा

Artha Sarokar

२२ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भरतपुर महानगरपालिकाले  कवाडी वस्तुमा कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेको छ । सो नगरपालीकाले सरसफाइ तथा पुनः उपयोगी कवाडी वस्तुमा कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध जनाएका हुन् ।

साथै, देशको आर्थिक अवस्थाका कारण व्यवसाय सञ्चालन गर्न समस्या भईरहँदा महानगरले थप कर असुल्न ठेक्का लगाउन लागेको गुनासो व्यवसायीहरुले गरेका छन् । उक्त व्यवसायीले आइतबार महानगरपालिका परिसरमा धर्ना दिएका थिए ।

सो संघका अध्यक्ष शङ्कर बहादुर खत्री क्षेत्रीले महानगरपालिकाले संविधान विपरीत कर उठाउन लागेको जनाउँदै त्यसले व्यवसाय पलायन हुने अवस्था आउने बताइका छन् । उनले भने, “कर उठानका लागि महानगरपालिकाले बोलपत्र आह्वानको सूचना निकालेको छ । उक्त प्रक्रियामा हाम्रो असहमति रहेको छ ।”

त्यस्तै, खत्रीले महानगरपालिको बोलपत्रको प्रक्रिया रोकेर स्वतन्त्रता पूर्वक व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता गर्न अनुरोध गरेका छन् । साथै, आफूहरु सिधै महानगरपालिकालाई कर तिर्न तयार रहेको बताएका छन् ।

अध्यक्ष खत्रीले व्यवसायीसँग महानगरपालिकाले समन्वय नगरेको र छलफलसमेत गर्न नमानेको गुनासो गरेका हुन् । व्यवसायीले गत बिहीबार उपप्रमुख चित्रसेन अधिकारीलाई भेटेर निर्णय सच्याउन आग्रह गर्दा अधिकारीले व्यवसायीका कुरा नसुनेको सचिव पुरन मल्ल ठकुरीले बताएका छन् ।

खत्रीले सो अवस्थामा व्यवसाय सञ्चालन गर्न नसकिने भन्दै आइतबार देखि चरणबद्ध आन्दोलन सुरु गरेको बताएका हुन् । उनले कवाडीजन्य वस्तु निकासी गर्दा ठाउँ ठाउँमा कर लिने गरिएका कारण हैरानी व्यहोर्नु परेको गुनासोसमेत गरेका छन् ।

त्यस्तै, संविधानले कुनै पनि वस्तुको स्वरुप परिवर्तन नभएसम्म एउटै खालको कर दोहोराएर लिन नपाइने व्यवस्था रहेको सङ्घले जनाएको छ । भरतपुर महानगरपालिकामा करिब ७५ व्यवसायीले सरसफाइ तथा पुनः उपयोगी कवाडी वस्तुको व्यवसाय गर्दै आएका छन् । महानगरभित्र करिब एक हजार पाँच सय जना  व्यवसायमा प्रत्यक्ष जोडिएका छन् । घर–घर पुगेर साइकलमा कवाडी सामान सङ्कलन गर्नेको सङ्ख्या चितवन जिल्लाभरमा करिब चार हजार पाँच सय छ । उनीहरूले सङ्कलन गरेका फलाम, तामा, पित्तल, बोतल, सिसा, प्लास्टिक, कागज, पुराना जुत्ता, चप्पल लगायतका सामान पुनःउपयोगका लागि उद्योगमा पठाइन्छ । धेरैजसो समान भारत पठाइने गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा भरतपुर महानगरपालिका नगर कार्यपालिकाको निर्णय अनुसार महानगरपालिकाको क्षेत्राधिकार भित्र उत्पादन हुने कवाडीजन्य वस्तुमा कर लगाउन खोजिएको जनाएका छन् । साथै, कवाडी सामानमा प्रतिगोटा तथा प्रतिकेजी निश्चित कर लगाउने गरी ठेक्का आह्वान गरेपछि व्यवसायीले विरोध गरेको जानकारी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी