×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लेखा सुपरीवेक्षण समितिको गोष्ठी सुरु, दिगो सहकारीको निर्माणमा योगदान पुर्याउने मुख्य उद्देश्य

PRIME CA

लेखा सुपरीवेक्षण समितिको गोष्ठी सुरु, दिगो सहकारीको निर्माणमा योगदान पुर्याउने मुख्य उद्देश्य

२५ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सुरु भएको छ । उक्त गोष्ठी ‘दिगो, पारदर्शी र जोखिमरहित सहकारी लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी’ भन्ने थिमसहित २०८० असोज २५ गतेबाट सुरु भएको हो ।

सो गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वबाट विभिन्न ८ वटा विषयमा कार्यपत्र प्रस्तुत हुने बैंकले जनाएको छ । उक्त गोष्ठीको पहिलो दिनमा नेपालको सहकारीमा लेखा सुपरीवेक्षण समितिको अभ्यासः व्यवस्था र अवस्था विषयमा राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य केशव प्रसाद सापकोटाले प्रस्तुत गर्नेछन् । त्यस्तै वित्तीय सहकारीको जोखिम मापनः संरचना र पद्धति विषयक कार्यपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले प्रस्तुत गर्नेछन् भने तेस्रो सत्रमा सहकारीको वित्तीय जोखिमः मापन र व्यवस्थापन रणनीति विषयमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत डा.नवराज सिंखडाले प्रस्तुत गर्ने बैंकले जनाएको छ ।

पहिलो दिनको अन्तिम सत्रमा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा सञ्चालन एवं अनुपालना जोखिमः मापन र व्यवस्थापन रणनीति विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने दोस्रो दिनको पहिलो सत्रमा सहकारीको आन्तरिक नियन्त्रण प्रणालीः विकास र अभ्यास विषयमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्ता मणी शिवाकोटीले प्रस्तुत गर्नेछन् ।

त्यस्तै, दोस्रो सत्रमा राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले सहकारीको सुशासन र स्वनियमनः प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली विषयमा कार्यपत्र प्रस्तुत गर्नेछिन् भने सहकारीको आन्तरिक नियन्त्रण प्रणालीः विधि प्रविधि र औजार विषयमा एशियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीले प्रस्तुत गर्नेछन् ।

साथै, गोष्ठीको अन्तिम कार्यपत्र सहकारी व्यवस्थापन समितिको कार्यालयका प्रमुख काशीराज दाहालले प्रस्तुत गर्नेछन् । उनले सहकारीको विद्यमान संकट सामनाः रणनीति र भावी कार्यदिशा विषयमा आफ्नो प्रस्तुती दिने कार्यक्रम तय भएको आयोजक बैंकले जनाएको छ ।

काठमाडौंको याक एण्ड यति होटलमा सुरु भएको गोष्ठीमा देशभरबाट ५ सयजना सहभागिता रहको बैंकले जनाएको छ । साथै, लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाई सहकारीमा सुशासन एवं आन्तरिक नियन्त्रण पद्धति स्थापनमार्फत दिगो सहकारीको निर्माणमा योगदान पुग्ने गोष्ठीको मुख्य उद्देश्य रहेको बैंकका अध्यक्ष केबी उप्रेतीले जनाकारी दिएका छन् ।

लेखा समिति सक्रिए भए सहकारीमा समस्या आउँदैनः सचिव दुवाडी

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारीमा समस्या आउन नदिनका लागि लेखापरीक्षकको भूमिका महत्वपूर्ण हुने सचिव दुवाडीले बताएका छन् । साथै, राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको लेखा सुपरीवेक्षण समितिको गोष्ठीमा बोल्दै दुवाडीले सहकारीमा समस्या आउन नदिन तथा समस्या समाधानका लागि लेखापरीक्षण समितिको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

त्यस्तै, आन्तरिक नियन्त्रण प्रणाली बलियो भए सहकारी संस्थामा समस्या नआउने भन्दै उनले समितिले आफ्नो सक्रियता बढाउनु पर्नेमा उनको जोड रहेको छ । उनले भने, ‘आन्तरिक नियन्त्रण प्राणाली सुदृढ हुन सकेको छ छैन भन्नेकुरा अहिलेको परिस्थितीले देखाएको छ । लेखा समितिले हरेक गरिविधिको नियमन गर्न सक्ने भन्दै उनले हरेक चार महिनामा संस्थाको आन्तरिक लेखा प्रणालीलाई लेखापरिक्षण गर्न सक्ने तथा सो अनुसार नभए आवाजसम्म उठाउन सक्नेछन् ।’ आन्तरिक नियन्त्रण प्रणालीबाट सहकारी सञ्चालन हुन्छ भन्ने मान्यताले सहकारीहरु स्वनियमन र स्वअनुगमनमा छाडेको दुवाडीको भनाई रहेको छ ।साथै, अधिकांश सहकारी संस्थाहरुको तरलता १० प्रतिशत भन्दा कम भएको तथा लगानी गरेको पुँजी समयमै फिर्ता नहुँदा तरलता व्यवस्थापनमा समस्या भएको दुवाडीले बताएका छन् । अर्थतन्त्रको समग्र अवस्था र त्यसको प्रभावलाई मूल्यांकन नगरी लगानी गर्दा सहकारीमा समस्या आएकाले त्यसतर्फ अब समितिले ध्यान दिन र सदस्यको विश्वास जित्न नसकेसम्म जतिसुकै तालिम तथा गोेष्ठी गरेपनि औचित्य नरहने उनले बताएका छन् ।

सो कार्यक्रममा दुवाडीले अधिकांश सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त अनुसार काम नगर्दा समस्या सिर्जन भएको बताउँदै अहिलेको समस्याको कारण र समाधानका उपायहरु पहिचान गर्नका लागि लेखा समितिको भूमिका महत्वपूर्ण हुने औल्याएका छन् । उनले भने, ‘पदाधिकारीहरुले सहकारी सदस्यहरुप्रति वफादारिता कायम गर्न नसक्दा अधिकांश सहकारीमा समस्या आएको हो । लेखा समितिले पनि तदारुकता देखाउन सकेनन् । सहकारीमा अहिले वातावरणिय समस्या जस्तो देखिएको र गलत सहकारीका कारण राम्रो सहकारी पनि समस्यामा परे त्यसैले सो समस्या समाधानका लागि लेखा समितिले भूमिका खेल्न सक्नु पर्छ ।

उनले सहकारी क्षेत्र सुधार कार्यदलले दिएका सुझावहरु कार्यान्वयन गर्न सकेमा सहकारीको समस्या समाधान हुने धारणा राखेका छन् । उनका अनुसार, उक्त सुझावहरुले सहकारीको सुधारको लागि ठूलो पहल गर्न सक्छ । उनले सहकारीकर्मीहरुले सदस्यहरुप्रति जिम्मेवार नबन्दा अहिलेको समस्या देखिएको बताएका छन् ।

सचिव दुवाडीका अनुसार, ‘सदस्यहरु पनि सहकारीप्रति वफादारिता नबन्दा अहिलेको परिस्थिती सिर्जना भएको हो । कतिपय सहकारीका सञ्चालकहरुलाई नै आफु सञ्चालक भएको समेत जानकारी नहुने विषय पनि आफुसमक्ष गुनासो आएको छ। अहिले म सहकारीको सञ्चालक होइन भनेर निवेदन दिनेको चाङ्ग लाग्न थालेको छ, म कसरी सञ्चालक बनेँ, सहकारीबाट पहिले नै राजिनामा दिइसकेको हुँ भनेर निवेदन दिने गरेका छन् ।’

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: