×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक दृष्टिले अफ्ट्यारोमा सरकार, सरकारी खाता ३५ अर्वले ऋणात्मक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आर्थिक दृष्टिले अफ्ट्यारोमा सरकार, सरकारी खाता ३५ अर्वले ऋणात्मक !

Artha Sarokar

२२ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले  कर्मचारीहरुको तलब तथा दशैँ भत्ता निकासा गर्न थालेपछि सरकारी खाता ऋणात्मक हुन थालेका छन् । आम्दानीभन्दा खर्च बढेपछि सरकारी खाता ३५ अर्व रुपैयाँले ऋणात्मक भएको छ ।

महालेखा कार्यालयका अनुसार सोमबारसम्म सरकारको कुल प्राप्ति १ खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ भने राजस्व १ खर्ब ६७ अर्ब रुपैयाँ उठेको छ । जसमध्ये कर राजस्व १ खर्ब ६७ खर्ब रुपैयाँ उठेको छ भने गैर कर राजस्व १४ अर्ब रुपैयाँ उठेको छ । सरकारले ६ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ ।

त्यस्तै, सरकारले चालु वर्ष ४९ अर्ब रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ । अन्य शिर्षकमा १४ अर्ब रुपैयाँ प्राप्त गरेको छ । सरकारको सोमबारसम्मको खर्च २ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । यो कुल लक्ष्यको १३.२९ प्रतिशत हो । सबैभन्दा बढी चालु शिर्षकमा १ खर्ब ७३ अर्ब रुपेयाँ खर्च भएको छ । यो कुल अनुमानको १३.२९ प्रतिशत हो ।

पुँजीगत खर्च ११ अर्ब रुपैयाँ भएको छ । यो कुल लक्ष्यको ३.८६ प्रतिशत हो भने वित्तीय व्यवस्थापनका लागि ४७ अर्ब रुपैयाँ खर्च भएको छ ।

यता, अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले आर्थिक वर्षको पहिलो त्रैमास आम्दानीभन्दा खर्च धेरै हुने भएकाले ऋणात्मक बनेको बताएका छन् । उनका अनुसार अप्ठ्यारो अवस्था छैन । तर राजस्वमा आएको संकुचनले खर्च धान्‍न कठिन हुँदै गएपछि आन्तरिक ऋण उठाउने क्रमलाई तीव्रता दिएको छ ।

सरकारले यो आर्थिक वर्ष २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा अढाइ महिनामै ७२ अर्ब ३१ करोड रुपैयाँ उठाइसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी