काठमाडौं । धान र चमालको उचित मूल्य निर्धारण नहुँदा किसान मर्कामा परेका छन् । सरकारले किसानको मेहेनेत अनुसारको मूल्य निर्धारण नगर्दा किसान मर्कामा परेका हुन् ।
निर्धारित मूल्यमा पनि व्यवसायीहरुले किसानबाट धान खरिद नगरेको पाइएको छ । किसानसँग कम मूल्यमा धान खरिद गरेर व्यवसायीहरु सर्वसाधारणहरुलाई बढी मूल्यमा बेच्ने गरेका गुनासा सुन्नमा आएका छन् ।
मन्त्रिपरिषदको कार्तिक १६ गते बसेको बैठकले चालु आर्थिक वर्ष २०७९/८० का लागि धानको मूल्य निर्धारण गरेको थियो । मोटा धान प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १ सय २८ रूपैयाँ तोकेको थियो ।
त्यस्तै, सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सार्वजनिक गरेको मूल्यसुची अनुसार काठमाडौंमा लंग ग्रेन चामल प्रतिकेजी १८० रुपैयाँ, हुम्लाको कागुकोको चामल प्रतिकेजी २५० रुपैयाँ, हुम्लाको चिनोको चामल प्रतिकेजी २५० रुपैयाँ, काला नुनिया चामल (काला नामक) प्रतिकेजी १५३ रुपैयाँ, जुम्ली मर्सी चामल प्रतिकेजी २१८ रुपैयाँ, ब्राउन चामल प्रतिकेजी ५३ रुपैयाँ, बासमती चामल प्रतिकेजी १२८ रुपैयाँ र स्टिम जिरा मसिनो चामल प्रतिकेजी ७८ रुपैयाँमा किनबेच भईरहेको छ ।
यतिबेला किसानहरु धान काट्न र भित्र्याउन व्यस्त छन् । असारमा रोपिएको धान कार्तिक मङ्सिरसम्ममा काट्ने भईसकेको हुन्छ । आहिले धानको सिजन भएकाले किसानहरुले खेतबाटै धान बिक्री गरिरहेको पाइएको छ ।
नेपाल एक कृषि प्रदान देश भएकाले पनि नेपालका अधिकांश ठाउँमा धान खेति हुन्छ । पहाड र हिमालको तुलनामा तराईमा धान बढी उत्पादन हुन्छ । किसानले धान उत्पादनमा गरेको मेहेनेत अनुसार धानको उचित मूल्य निर्धारण नहँदा किसानहरु मर्कामा परेका हुन् ।
मन्त्रिपरिषद्को निर्णय र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मूल्य सार्वजनिक गरेको भएता पनि विभिन्न ठाउँमा धान र चामलको फरक फरक रहेको पाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्