×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सञ्चार रजिष्ट्रारको कार्यलयद्वारा आयोजित ‘समाचार लेखन तथा सम्पादन कार्यशाला’ सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सञ्चार रजिष्ट्रारको कार्यलयद्वारा आयोजित ‘समाचार लेखन तथा सम्पादन कार्यशाला’ सम्पन्न

Artha Sarokar

२२ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बागमती प्रदेश अन्तर्गत सञ्चार रजिष्ट्रारको कार्यलयद्वारा आयोजित ५ दिने ‘समाचार लेखन तथा सम्पादन कार्यशाला’ सम्पन्न भएको छ । बागमती प्रदेशमा क्रियाशिल पत्रकार महिलाहरुको लेखन क्षमता विकास गर्ने उद्देश्यले सञ्चार रजिष्ट्रारको कार्यालय बागती प्रदेशले आयोजना गरेको उक्त कार्यशाला सोमबार सम्पन्न भएको हो ।चितवनको चम्पा नगर, हवेलीमा सुरु भएको उक्त ५ दिने कार्यशालामा बागमती प्रदेशका १३ वटै जिल्लाबाट विभिन्न मिडियामा कार्यरत ३१ जना पत्रकार महिलाहरुको सहभागिता रहेको थियो । सो ५ दिने ‘समाचार लेखन तथा सम्पादन कार्यशाला’ मा प्रशिक्षकद्वय विनोद ढुंगेल र सुरेन्द्र पाण्डेले प्रशिक्षण दिएका थिए ।

सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले ५ दिने सिकाइ कार्यशालाले आगामी दिनमा सहभागी महिला पत्रकारहरुलाई समाचार लेखन तथा सम्पादनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यशाला समापनका क्रममा सञ्चार रजिष्टार सापकोटाले अघिल्लो वर्ष पनि पत्रकार महिलाहरुका लागि लेखन तथा सम्पादन कार्यशाला मकवानपुरको दामनमा सञ्चालन गरेको जानकारी दिएका थिए । उनले बागमती प्रदेशका महिला पत्रकारहरुलाई सक्रिय बनाउन आउने दिनहरुमा विभिन्न प्रकारका कार्यशालाको आयोजना गर्नेसमेत बताएका थिए ।

त्यस्तै, कार्यशालाको समापन कार्यक्रममा सहभागी पत्रकार महिलाहरुलाई प्रमाणपत्र वितरण गर्दै सापकोटाले विदाई गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी