×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको सञ्चालकमा किन १ महिना पनि टिकेनन् रमेशराज अर्याल ? ‘कानुनको अपव्याख्या गरेर फसाईयो’ 

PRIME CA

सिटिजन्स बैंकको सञ्चालकमा किन १ महिना पनि टिकेनन् रमेशराज अर्याल ? ‘कानुनको अपव्याख्या गरेर फसाईयो’ 

१३ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आत्रेयलाई बिहीबारबाट लागु हुनेगरी स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका कम्पनी सचिव राजेन्द्रलाल श्रेष्ठले आत्रेयलाई सञ्चालकमा नियुक्त गरिएको पुष्टी गरेका छन् ।
करिव १ महिनाअघिमात्र  सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल नियुक्त भएका थिए । बैंकको सीइओबाट छोडेको १ बर्ष नपुग्दै अर्को बैंकको कुनै पनि भूमिकामा बस्न नपाइने नियमको अपव्याख्या गरेर अर्याललाई बैंकको संचालक नियुक्त गरिएको थियो । तर सो नियुक्तिमा प्रश्न उठेपछि रमेश राज अर्यालले बैंक छोडेका हुन् ।
मर्जरमा गएका बैंकको सीइओलाई अर्को बैंकमा सीइओ हुन कुलिङ नलाग्ने सुविधाको अपव्याख्या गर्दै अर्याललाई सिटिजन्स बैंकको संचालक नियुक्त गरिएको थियो । बैंकका सीइओ गणेशराज पोखरेलको जोडबलमा उनलाई सञ्चालक बनाइएको थियो । तर अर्याल र सिंगो संचालक समितिविरुद्ध बैंककै एक संचालकले उनी निकट सेयरधनीलाई मुद्धा हाल्न लगाउने तयारी गरेपछि अर्याललाई सो पदबाट हट्न आग्रह गरिएको थियो । अर्थ सरोकारको सम्पर्कमा आएका ती संचालकले गर्नै नमिल्नेगरी जवर्जस्ती अर्याललाई नियुक्त गरेर फसाइएकोसमेत दाबी गरे । ‘अर्याल सर जतिको राम्रो मान्छेलाई जवर्जस्ती फसाउने काम भयो । अहिलेसम्म उहाँ खासै विवादमा कतै आउनुभएको थिएन । यहि १ महिने कार्यकाललाई लिएर उहाँलाई थप कानुनी जटिलता आउने देखिएको छ । मैले त हुन्न भनेकै थिएँ, सीइओ सरले अलि बढी नै जोडबल गरेकाले अर्याल सर आउनुभएको सुनेको थिएँ ।’ ती संचालकले अर्थ सरोकारसँग भने । उनले आफुले समितिविरुद्ध नै मुद्धा हाल्ने तयारी गरेको कुरा भने स्वीकार गरेनन् । ‘मैले कसैलाई मुद्धा हाल्न लगाउनु परेन । तर कसै न कसैले मुद्धा हाल्थ्यो नै । मेरै साथीभाईले त्यो तयारी गरेको थाहाचाहिं पाएको थिएँ । तर मैले नै हाल्न लगाउन लागेको थिएँ भन्नेचाहिं गलत हो ।’
अर्याल कसरी फसे ?
रमेश राज अर्याल नेपाली बैंकिङ क्षेत्रमा निकै स्वच्छ छवि भएका व्यक्ति मानिन्छन् । तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लि.) बाट बैंकिङ्ग करियर प्रारम्भ गरेका नवनियुक्त स्वतन्त्र संचालक अर्याल विगत ३२ वर्षदेखि बैंकिङ क्षेत्रमा संलग्न छन् । उनीसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा ७ वर्षको कार्यअनुभव समेत छ । उनको यहि राम्रो छविलाई प्रयोग गर्ने उद्देश्यले बैंकले उनलाई संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । तर उनको नियुक्ति र राजिनामाले लामो समय उनले पाएको स्वच्छ छविलाई विवादित बनाइदिएको छ । समग्रमा भन्दा, उनी सिटिजन्समा ‘फसेका’ छन् ।
के भन्छन् अर्याल ?
यता, अर्याल पनि कानुनी रुपमा कन्फ्युजन भएपछि आफुले पद छोडेको बताउँछन् । ‘सुरुमा मिल्छ भन्ने थियो । गणेशजी (सीइओ)ले अलि बढी नै आग्रह गरेपछि म बैंककोसंचालक बनेको थिएँ । राष्ट्र बैंकका साथीहरुले पनि हुन्छ जस्तो कुरा गर्नुभएको थियो । पछी फेरी हुन्न भन्ने आयो । त्यसपछि मैले त्यहाँ बसिरहन ठिक ठानिन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै अर्यालले भने, ‘म एउटा बैठकमा मात्र गएको थिएँ । हिजो अर्कै संचालक नियुक्त भएको खबर पाएँ ।’
‘कतै अन्त सीइओ भएर जाने प्लान त होइन नि ?’ हाम्रो अर्को प्रश्नमा अर्यालले भने- ‘होइन । त्यस्तो कुनै प्लान छैन । अव केहि समय आराम गर्छु ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: