×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के गभर्नरले भनेजस्तै बैंकहरुले अबैध रुपमा उठाएको बढी ब्याज फिर्ता गर्छन् ? राष्ट्र बैंककै ठहर छ- ‘एनआईसीले गर्दैन’

PRIME CA

के गभर्नरले भनेजस्तै बैंकहरुले अबैध रुपमा उठाएको बढी ब्याज फिर्ता गर्छन् ? राष्ट्र बैंककै ठहर छ- ‘एनआईसीले गर्दैन’

१५ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बडो आत्मविश्वासका साथ भनिदिए- ‘बढी ब्याज असुल्नेबारे उजुरी दिनुस्, फिर्ता गराउँछौँ ।’ कुनै पनि बैंकले १६-१७-१८ प्रतिशत ब्याज लिएको भए खबर गर्न र त्यसरी बढी ब्याज असुल्नेहरुबाट ऋणीको पैसा फिर्ता गराउने दाबी गरे गभर्नरले । तर के भन्ने गभर्नर अधिकारीले भनेजस्तै बैंकहरुले राष्ट्र बैंकले भनेपछि ब्याज फिर्ता गर्छन् त ? वा गरिरहेका छन् त ? स्वयम् राष्ट्र बैंकको ठहर छ -‘अहँ छैन ।’ नेपाल राष्ट्र बैंककै केहि समय अगाडीको कार्वाही विवरण हेर्ने हो भने त्यहि नेपाल राष्ट्र बैंकले बढी ब्याज असुल गरेर फिर्ता नगरेको, र आफ्नो निर्देशन नटेरेको भन्दै एनआईसी एशिया बैंकलाई कार्वाही गरेको थियो । अझ ग्राहकबाट अवैध रुपमा असुलेको रकम फिर्ता गर्न निर्देशन दिंदा पनि बैंकले नगरेकोसमेत ठहर थियो राष्ट्र बैंकको ।
नेपाल राष्ट्र बैंकले गैरकानुनी रुपमा ग्राहकबाट बढी असुलेको रकम फिर्ता गर्न एनआईसी एशिया बैंकलाई निर्देशन दिएको भए पनि सो बैंकले राष्ट्र बैंकको निर्देशन नमानी ग्राहकबाट गैरकानुनी रुपमा उठाएको करोडौँ रुपैयाँ लगानी गरिरहेको पाइएको थियो र छ । राष्ट्र बैंकले कारर्वाही गरेपछि पनि एनआईसी एशिया बैंकले ग्राहकबाट उठाएको गैरकानुनी रकम सबै ऋणीलाई फिर्ता गरेको छैन ।
अनि, केहि समयअघि मात्र नेपाल राष्ट्र बैंकले भनेको एनआईसी एशिया बैंकले टेरेन भनेर कार्वाही गर्ने राष्ट्र बैंकका गभर्नर सापले आज कुन आत्मविश्वासका साथ बढी ब्याज लिए खबर गर्नुस्, फिर्ता गर्न पहल गराउँछु भने होलान् । अनि अर्को कुरा, बैंकहरुले बढी ब्याज लिएको, नलिएको राष्ट्र बैंकले देख्दैन ? एनआईसी एशिया बैंकजस्ता केहिले ग्राहकबाट अवैध असुली गरिरहेका छन् भनेर स्वयम् राष्ट्र बैंकको ठहर होइन । अनि, ‘लौ न, मलाई बैंकले ब्याज बढी लियो, मेरो पैसा फिर्ता गरिदिनुपर्यो’ भनेर पनि ऋणी नै राष्ट्र बैंक जानुपर्ने ? अनि, सँगै अर्को गम्भीर प्रश्न राष्ट्र बैंकलाई, ‘एनआईसी एशिया बैंकले ग्राहकबाट अवैध रुपमा असुली गरेको भनेर कार्वाही गर्ने राष्ट्र बैंकले त्यसपछि एनआईसी एशियालाई कतिपटक फलोअप गर्यो ? कति पैसा ग्राहकलाई फिर्ता गराउन सफल भयो ?’ यसको लेखाजोखा सार्वजनिक गर्नुपर्दैन ?
आफैँ सिए रहेका गभर्नरलाई राम्रोसँग थाहा छ, कि राष्ट्र बैंकले गरेको जरिवानाको रकम भन्दा ग्राहकबाट अवैध असुली गरेको रकमबाट आउने फाइदा बढी भयो भने, सिएहरुको बाहुल्यता भएको एनआईसी एशिया बैंकले ग्राहकलाई रकम फिर्ता गर्नेवाला छैन । अनि आम जनताले कसरी पत्याउने बढी ब्याज लिएकोबारे राष्ट्र बैंकमा जानकारी गराए ब्याज फिर्ता हुन्छ भनेर । हिसाब त मिलेन नि गभर्नरसाप !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: