×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के हो नेपाल बैंकको सिष्टम ह्याक काण्ड ? ब्रान्च मेनेजरले यसरी चोरे ग्राहकले बैंकमा बुझाएको रकम

PRIME CA

के हो नेपाल बैंकको सिष्टम ह्याक काण्ड ? ब्रान्च मेनेजरले यसरी चोरे ग्राहकले बैंकमा बुझाएको रकम

२६ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ  । नेपाल बैंकका शाखा प्रबन्धक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बैंकको डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई विशेष अदालत काठमाडौँले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले कोइरालालाई दोषी ठहर गरेको हो । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएसँगै बैंकको तत्कालीन शाखा प्रबन्धक कोइरालालाई सजाय निर्धारणका लागि पुष ११ गतेको इजलासमा पेश गर्न विशेष अदालतले आदेश दिएको छ ।
भएको के थियो ?
घटना केहि बर्ष अघिको हो । कोइराला नेपाल बैंकको काठमाडौँस्थित कार्यालय र डिल्लीबजारस्थित शाखामा प्रबन्धक हुँदा बैंकको सिष्टम ह्याक गरी बैंकमा जम्मा गर्नुपर्ने रकम आफ्नो नीजी खातामा जम्मा गर्थे । बैंकले बैंकिङ प्रयोजनका लागि दिएको टेलर आईडी र सिष्टम सुपर युजरको दुरुपयोग गरी उनी बैंकका ग्राहकले ब्याजवापत तिरेको रकम ह्याक रकमान्तर गरी आफ्नो खातामा हाल्थे र चलाउँथे । यसरी ग्राहकको रकम उनले चलाउन थालेपछि बैंकको हिसाब गोलमाल देखियो । ग्राहकले ब्याज तिरेको देखियो, तर बैंकको हिसाबकिताबमा रकम क्रेडिट भएको देखिएन । यसले बैंकमाथि उल्टै दायित्व थपियो ।
बैंकमा ग्राहकले हालेको ब्याजको हिसाबकिताब गोलमाल भएपछि बैंकले आन्तरिक अनुसन्धान गरेको थियो । आन्तरिक अनुसन्धानका क्रममा आफ्नै कर्मचारीबाट गैरकानुनी हर्कत भएको प्रमाणित भएपछि बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीसमक्ष जाहेरी दिएको थियो । त्यसपछि बैंकको मानवश्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दिपेन्द्रराज काफ्लेको जाहेरीमा कोइरालालाई सीआईबीले पक्राउ गर्यो । उनलाई पक्राउ गरी थप  अनुसन्धान गर्दा उनले पनि बैंकको रकम दुरुपयोग गरेको स्वीकारेपछि सीआईबीले यो फाइल अख्तियारमा बुझाएको थियो ।
अनुसन्धानका क्रममा उनले बैंकको चौवन्न लाख चौरासी हजार पैतालीस रुपैयाँ साठी पैसा बैंकको सिष्टम ह्याक गरी आफ्ना विभिन्न बैंक खाताहरुमा ट्रान्सफर गरेको र सो रकम मासेको खुलेको थियो । सीआईबीको अनुसन्धान सकिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरालामाथि भ्रष्टाचारको मुद्धा दायर गरेको थियो ।
अख्तियारले नेपाल बैंक लिमिटेडलाई हानिनोक्सानी पुर्‍याउने उद्देश्यले वदनियत साथ बैंकको हिसाब अनधिकृत रुपमा खर्च गरेको, बैंकको रकम बैंकबाट आफ्नो विभिन्न खातामा जम्मा गरी गराई आफूले सो रकम खाइमासी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको भन्दै कोइरालाले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्य भएको भनी बिगोसमेत दाबी गरी २०७७ असार ३१ गते विशेष अदालतमा मुद्धा दायर गरेको थियो । सो मुद्धामा अन्तत: कोइराला दोषी ठहर भएका छन् । (भिडियो)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: