×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीलाई कसले पढायो अर्थतन्त्रको ‘उल्टो सिद्धान्त’ ?

PRIME CA
GLOBAL IME BANK

प्रधानमन्त्रीलाई कसले पढायो अर्थतन्त्रको ‘उल्टो सिद्धान्त’ ?

११ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । आफ्नो कार्यकालको एक बर्ष पुगेको अवसरमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले ‘देशबासीका नाममा सम्बोधन’भन्दै बासी कामका फेहरिस्त सुनाए । सम्बोधनका क्रममा उनले राखेका अभिव्यक्तिहरु कति पत्याउने खालका थिए, कति थिएनन् । तर, उनले अर्थाशाश्त्रको सिद्धान्त नै फेल हुनेगरी एउटा अचम्मको कुरा सम्बोधनमा राखे, जसले अर्थतन्त्र पढेकाहरु पक्कै पनि प्रधानमन्त्रीको सम्बोधन सुनेर हाँसेको हुनुपर्छ । र त, अहिले बहस सुरु भएको छ, ‘प्रधानमन्त्री प्रचण्डलाई अर्थतन्त्रको उल्टो सिद्धान्त कसले पढायो ?

सम्बोधनका क्रममा प्रचण्डले भनेका छन्– ‘यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २ दशमलव ७ प्रतिशत बिन्दुले कम भएको छ…., मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ । यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ ।’

ब्याजदर घटाउने पहल गरेकाले मूल्यवृद्धि पनि कम भएको भनेका छन् । तर ब्याजदर घट्दा मूल्यवृद्धि घट्ने होइन बढ्ने हुन्छ । ब्याजदर बढाएपछि ऋणको लागत महँगो हुने हुनाले त्यसको असर मागमा पर्छ र अर्थतन्त्रमा माग घट्छ । माग घटेपछि मूल्यवृद्धि नियन्त्रण हुन्छ ।

उदाहरणका लागि कुनै एक बस्तुको उत्पादन प्रक्रिया हेर्न सकिन्छ । कुनै एक बस्तु १० रुपैयाँमा उत्पादन हुन्छ भने, त्यो उत्पादन खर्चमा बैंकको ब्याज पनि समावेश हुन्छ । अव, जव ब्याज बढ्छ, उत्पादन हुने सो बस्तुको लागत बढ्ने नै भयो । १० रुपियाँमा उत्पादन हुने बस्तुको ब्याज लागत १ रुपियाँ थियो भने, अव ब्याज १ रुपैयाँले थप बढ्यो भने सो बस्तुको लागत मूल्य नै ११ रुपैयाँ हुन्छ । अव बस्तुको उत्पादन लागत बढेपछि त्यसको माग घट्छ । माग घटेपछि मूल्यवृद्धि घट्छ । तर, ब्याजदर बढ्दा मूल्यवृद्धि घट्ने अर्थतन्त्रको सर्वमान्य सिद्धान्तविपरित प्रचण्डले दिएको यहि अभिव्यक्तिका कारण अहिले अर्थतन्त्र पढेकाहरुले प्रधानमन्त्रीले गरेको सम्बोधन गलत भएको चर्चा गरिरहेका छन् ।

पछिल्लो अन्तराष्ट्रिय उदाहरण हेर्ने हो भने पनि सन् २०२२ कै घटना हेर्ने हो भने पनि मूल्यवृद्धिको दर नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाएको थियो । नेपाल राष्ट्र बैंककै उदाहरण हेर्ने हो भने पनि ब्याजदर बढ्नुको असर केहि समय अघि मात्र नेपाल राष्ट्र बैंकले सार्वजनिक रिपोर्ट अनुसार मूल्यवृद्धि घटेको नतिजा देखिएको छ । केहि महिनायता ब्याज घटिरहेको छ । यसको नतिजा केहि समयपछि नै मूल्यवृद्धि बढेको पक्कै देखिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: