×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रह्मले बोलौँ- ‘हामीलाई कस्तो सेबोन अध्यक्ष चाहिएको हो ?’ हमाल कसको दुश्मन किन बने र हाम्रा लागि के गरे ?’

अर्थ सरोकार

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार

PRIME CA

ब्रह्मले बोलौँ- ‘हामीलाई कस्तो सेबोन अध्यक्ष चाहिएको हो ?’ हमाल कसको दुश्मन किन बने र हाम्रा लागि के गरे ?’

हामीलाई सेयर बजारमा समृद्धि चाहिएको छ । सेयर बजारको बिकास चाहिएको छ । तर बजारको समृद्धि र बिकासका लागि ‘रिस्क’ लिनेहरुलाई जवर्जस्ती नराम्रो देखाएर बजारबाट भगाउने चाहाना पनि कतिपय कथित लगानीकर्तामा देखिन्छ । नेपाली पूँजीबजारमा छोटो समयमा गज्जबको काम गरेर देखाएका रमेश हमालप्रतिको कतिपय लगानीकर्ताको नकारात्मक बुझाई, यहि शैलीको उदाहरण हो ।
हामीलाई पूँजीबजार बिरोधी गभर्नर ठिक, देशको अर्थतन्त्र ध्वस्त पारेर बिदेश भ्रमण मात्र गर्ने, काम सुको नगर्ने, अर्थमन्त्री ठिक, ढङ्गले बजार नचलाउने तथा अहिले बिहान बेलुका हाजिर ठोकेर जागिर मात्र खाएर टाइम पास गर्ने नेप्से प्रमुख ठिक, इन्साइडर गरेर करोडौँ लुट्नेहरु ठिक, बजारमा मनपरी गरेर आफ्नो दुहुनो सोझ्याउनेहरु ठिक, तर, बजारमा ऐतिहासिक र साहसिक काम गरेर आम लगानीकर्ताको हित गर्ने धितोपत्र बोर्ड अध्यक्ष ठिक लाग्दैन ।
अव हामीबारे नै आत्मसमिक्षा गर्ने कि !
भावनामा बगेर होइन, तथ्यमा टेकेर बहस गरौँ, धितोपत्र बोर्डका अध्यक्ष हमाल किन र कसको नजरमा दुश्मन बने ?
१) नयाँ ब्रोकर लाइसेन्स आउने बेलामा सबै पुराना ब्रोकरले सौता थपिन्छ कि भनेर हमाललाई दुस्मन र आफ्नो भाग खोसिदिने ‘फटाहा’ सोचे । अहिले बजारमा हमालको विरोध गर्नेहरु मध्ये अधिकांश त्यहि पूराना ब्रोकरहरुले उधारो सेयर किनिदिने आफन्ती र साथीहरु हुन् । यस विषयमा आम सेयर लगानीकर्ता सचेत हुन जरुरी छ ।
२. लगानीकर्ताले तिर्दै आएको आस्वा शुल्क रु १०० बाट ५ रुपैयाँमा झरेपछि हमाललाई बैंकका संचालक र सीइओहरुले आफ्नो नाफा घटाइदिने भ्रष्ट देखे । अहिले बजारमा हमालविरुद्धको रोहिलो गर्नेहरुमध्ये तिनै तप्काका नजिकका मान्छे हुन् ।
३) म्युच्युल फण्डको बदमासी रोक्न कोटाको आईपीओ परेको सेयर ६ महिना बेच्न नमिल्ने गरि ‘लकिङ’ गर्ने निर्णय गरेर सबै म्युच्युल फण्डको नजरमा हमाल दुश्मन बने । उनीहरुले पनि हमाललाई दुष्मन देख्ने नै भए ।
४) केही ठुला लगानीकर्ताहरुलाई इन्साइडर लगायतका मुद्दामा कार्बाही गरेर तिनको नजरमा हमाल दुश्मन बने ।
५) दशैँअघि ब्रोकर कमिशन घटाउने र SME प्लेटफर्म सम्बन्धी निर्णय गर्न अर्थमन्त्रालय पठाउँदा महिनौं दराजमा थन्काएर लगानीकर्तालाई डुबाउने अर्थमन्त्रमन्त्रालयका सेटिङवाला उच्च कर्मचारी दबाबमा परेपछि तिनको नजरमा हमाल दुश्मन बने।
६) पटकपटक बदमसी गर्ने लगानीकर्तालाई पिडित बनाएको स्वार्थ समूहबाट संचालित नेप्से प्रशासनलाई स्पस्टिकरण सोध्ने र पुच्छर निमोठ्ने काम गरेर हमाल नेप्से र त्यसबाट फाइदा लिइरहेका केही सिमित बर्गको नजरमा दुश्मन बने ।
७) मर्जरले बर्षौ रोक्का हुने सेयरलाई १५ दिन भन्दा बढी रोक्का गर्न नपाइने ऐतिहासिक निर्णय गरेर लगानीकर्तालाई गुन लगाए तर हामिले यसलाई बिर्सियौँ ।
८) लगानीकर्ताप्रति गैरजिम्मेवार र समयमै रिपोर्ट नबुझाउने ८९ वटा पब्लिक कम्पनिहरुलाई इतिहासमै पहिलोपल्ट कार्वाही कोदायरामा ल्याएर धेरै कम्पनी संचालकको नजरमा हमाल दुश्मन बने ।
९) नयाँ स्टक एक्स्चेन्ज ल्याएर बजारलाई अन्तराष्ट्रीय स्तरको  आधुनिक र प्रतिश्पर्धी बनाएर लगानीकर्ताको हित गर्न खोज्दा सधै गोल्डेन सेयर बार्गेनिङ गरेर चर्चामा आउने मिडियाहरु र हामीले पाए ठिक, नत्लेर बेठिक भन्ने केहि घरानाका लागि हमाल दुश्मन बने ।
१०) ठुला घरानाको भत्ता लिएर बिरोध गर्ने ठेक्का लिएका सिमित २,  ४ जना लगानिकर्ताको अभियानताको खोल ओढेका फटाहा र केही सिमित मिडियाका साहुहरुको दुश्मन बने हमाल ।
११) केहिलाई राजनितिक रोटी सेक्नुछ, केहिलाई तिनको के स्वार्थ अनुसार काम गरेनन्, त्यसपछि हमाल उनीहरुका पनि दुश्मन भए ।
१२) हाइड्रोपावर कम्पनीहरुको लकिङ ब्यावस्था र आइपिओमा पहिलोपटक बुक बिल्डिङ्ग ब्यवस्था गरेर केही दुश्मन बढाउने काम गरे ।
१३) हमालले धितोपत्र बोर्डमै पनि सिस्टमले काम गर्ने र शुसासन लागू गर्न खोज्दा, धिबोको तलब खाने तर बाहिरका ठुला घरानाको भत्ता खाएर इन्साइडर गर्ने तथा लगानिकर्ता र पूँजीबजारको अहित गर्ने केही कर्मचारीको भाग नै खोसिएझै भएपछि हमाल तिनका पनि दुश्मन हुने नै भए।
१४) हामी तमाम बजारको हित चाहने लगानिकर्तालाईचाहिं यी माथिका सबै दुश्मन मिलेर कान फुक्दैछन हमाल ठिक छैनन् भनेर ।
हामीलाई लगानिकर्ताको हितमा काम गर्ने धितोपत्र बोर्डको अध्यक्ष चाहिएको हो कि केही सिमित सेटिङवालाको इसारामा नाच्ने नालायक चाहिएको हो ? एकपल्ट छातिमा हात राखेर ब्रह्म बोलौँ । लगानीकर्ता र पूँजीबजारको हित गर्ने साहसिक नेतृत्व सधै पटकपटक पाउन गाह्रो छ । मरेपछि के गर्नु ? जिउँदो हुँदै काम गर्ने लाई साथ सहयोग र हौसला दिऔँ ।
हामीले कसैको केही खाइदिएको छैन । त्यसैले निर्धक्क लागेको कुरा लेखौँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: