काठमाण्डौ । करिव २ बर्षपछि नेपाली सेयर बजारमा सर्किट लागेको छ । २०७८ साल मंशिर २९ गते पोजिटिभ सर्किट लागेर बन्द भएको बजार, आज आइतबार पनि पोजेटिभ सर्किट लागेर बन्द भएको छ । धेरैपछि बजारमा पोजेटिभ सर्किट लागेपछि बजारमा सर्किट ब्रेकको चर्चासमेत चुलिएको छ । कुनै पनि देशको सेयर बजारमा बजार बढेका बेला लगानीकर्ताहरु बढी आक्रामक नहुन् वा बजार घटेका बेला लगानीकर्ताहरु थप प्यानिक नहुन् भन्ने उद्देश्य राखेर बजारमा राखिएको ब्रेकलाई धेरैपछि लगानीकर्ताहरुले देख्न पाएका छन् ।
नेपालको सेयर बजारमा २०६४ साल असोजबाट सर्किट ब्रेकको अभ्यास सुरु भएको हो । हाल नेप्सेमा नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ। आज पनि २ पटक सर्किट लागेर निश्चित समय बन्द भई खोलिएको बजार अन्ततः ६ प्रतिशतले बढेपछि पूरै दिनको लागि बजार बन्द भएको हो ।
’सर्किट’को इतिहास हेर्ने हो भने अमेरिकाको सेयर बजारतर्फ जानुपर्ने हुन्छ । अमेरिकाको सेयर बजार डाउ जोन इन्डस्ट्रियल एभरेजमा सन् १९८७ अक्टोबर १९ का दिन सबैभन्दा पहिले सर्किट ब्रेक लगाइएको थियो । कुल ५०८ विन्दुको ठुलो गिरावट आएपछि इतिहासमै पहिलोपटक नेगेटिभ सर्किट लगाईएको थियो ।
अमेरिकी इतिहासमै यो दिन डाउ जोनमा २२.६ प्रतिशत अर्थात ५०८ प्वइन्टको गिरावट आएको थियो । कारोबार खुलेको पहिलो दिन नै नमज्जाको ’डाउन फल’ आएपछि त्यतिबेला पूरै देशका सेयर लगानीकर्ताहरु ’स्तब्ध’बनेका थिए । आज पनि सो दिनलाई ’ब्ल्याक मण्डे’का रुपमा सम्झिने गरिन्छ ।
त्यसपछि २०१३ मा त्यहाँको सर्किटको नियम परिमार्जन गरी तीनवटा तहका सर्किटहरु तय गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्