×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अघिल्लो पटक बुलमै फसेकाहरु सोधिरहेछन्- ‘यो पटकको बुलमा के गर्ने ?’

अर्थ सरोकार

प्रकाशित मिति : १ पुष २०८०, आईतवार

PRIME CA

अघिल्लो पटक बुलमै फसेकाहरु सोधिरहेछन्- ‘यो पटकको बुलमा के गर्ने ?’

काठमाडौँ । सेयर बजारले बुलिस लयको संकेत गरेपछि सेयर बजारका लगानीकर्ताहरु उत्साहित भएका छन् । उत्साहित लगानीकर्ताका बीचमा अघिल्लोपटक बुलमै फसेका लगानीकर्ताहरुमध्ये केहि भने अझै पनि के गर्ने भनेर अलमलमा परेको देखिएको छ । बुलको प्रष्ट संकेत हुँदा पनि अघिल्लो पटक बुलमा फसेकाहरु लगानी गर्न डराईरहेको अवस्था देखिन्छ । यस्तो बेला त्यस्ता लगानीकर्ताहरु-‘अव के गर्ने ?’ भनेर सोधिरहेका छन् ।

अव के गर्ने त ?
सेयर बजारका जानकारहरु अघिल्लो बुलबाट पाठ सिकेर अगाडी बढ्नुपर्ने तर्क गर्छन् । बजार बुल लयमा हुँदा बजारमा कहाँ कहाँ गएर प्रफिट बुक गर्ने भन्ने कुरा पनि बुझ्नुपर्छ भन्ने कुरामा लगानीकर्ताहरु प्रष्ट हुनुपर्ने जनाकारहरुको ठम्याई छ । बजारमा प्रफिट बुक नगरी फाइदा हुन्न बरु सो फाइदा देखिने नम्बरमा मात्र हुने हो भन्ने कुरा लगानीकर्ताले बिर्संदा अघिल्लोपटक धेरै लगानीकर्ताहरु बुलबजारमै फसेका थिए । आफुले एउटा टार्गेट सेट गर्ने अनि सो टार्गेट पूरा भएपछि सेयर बेच्न पनि जान्नेहरु अघिल्लो बलमा पैसा निकालेर बजारबाट बाहिरिएका थिए भने बेच्न नजान्नेहरुलाई बजारले पीडा दिएको थियो ।

अर्को महत्वपूर्ण कुरा भनेको बजार बुलमा हुँदा जुनसुकै स्टक पनि बढ्ने हुनसक्छ । यस्तो अवस्थामा कुन सेयर आफुले राख्ने, कुन सेयरमा नाफा बुक गरेर निस्किने भन्ने कुरा ख्याल गर्नुपर्छ । यति बुझे यसपालीको बुल तपाईंहाम्रै लागि हो । कतिपयले बजारमा ३२०० मा पसेको हो, मेरो त सावाँ नै आएको छैन भन्नुहुन्छ । बुल सुरु हुनेबित्तिकै सावाँ आउँदैन । अझ कतिपय कम्पनीको सावाँ त यसपालीको बुल सकिएपछि पनि आउँदैन । यस्तो बेला सेयर वा सेक्टर सिफ्ट गर्नुमै भलो हुने जानकारहरुको ठम्याई छ । यस विषयमा लगानीकर्ता स्वयमले अध्ययन गरे लगानीकर्तालाई नै फाइदा हुन्छ ।

अर्को महत्वपूर्ण कुरा भनेको बुल सुरु भएपछि कथित विज्ञहरुको वाइयात विज्ञता सुरु हुन्छ । १० कित्ता सेयरबाहेक केहि नहुनेहरु बजारको स्वघोषित ज्योतिष बन्न थाल्छन् । यस्ता अनावश्यक कुराहरुलाई पन्छाएर अगाडी बढे बजारको यात्रा सुखमया रहन्छ । फेरि पनि बुझ्नुपर्ने कुराचाहिँ, टार्गेट सेट गरेर बजारमा सेयर बेच्न पनि जान्नुपर्छ है । किन्ने अवसर त बजारले पटक पटक दिईरहन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: