×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा ‘मिनी बुल’को सुरुवात, अब के हुन्छ ? लगानीकर्ताले के गर्ने ? (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

प्रकाशित मिति : २ पुष २०८०, सोमबार

PRIME CA

सेयर बजारमा ‘मिनी बुल’को सुरुवात, अब के हुन्छ ? लगानीकर्ताले के गर्ने ? (भिडियो ब्रिफिङ)

काठमाडौँ । केहि गुड न्युजको पर्खाईमा रहेको नेपाली सेयर बजार मौद्रिक नीतिको समिक्षापछि एकाएक बढ्यो । त्यसपछिका कारोबार दिनहरुमा मात्र १ दिन बाहेक थोरै थोरैले भए पनि सेयर बजार बढी नै रह्यो । तर बिहिबार सर्वोच्च अदालतले विभिन्न कम्पनीहरुले ठुलो रकम करवापत तिर्नुपर्नेगरी कम्पनीहरुले सरकारका विरुद्द अदालतमा हालेको रिट खारेज गरेपछि धेरैले आइतबारको बजारमा केहि करेक्सनको अपेक्षा गरेका थिए । तर बियरिस बजारमा जति सुकै गुड न्युज आउँदा पनि बजारले लय लिन नसकेजस्तै बुल बजारमा पनि जतिसुकै ब्याड न्युज पनि बजारले पचाईदिन्छ । यसपाली बजारमा देखिएको दृश्यले पनि अवको यात्रा बुलिस लयतर्फ छ भन्ने संकेत गर्छ ।

अदालतको करसम्बन्धि प्रहारपछि सेयर बजारमा अपेक्षित घटोत्तरीलाई माथ खुवाउँदै साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उत्साहजनक रुपमा बढेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाले ठुलो परिणाममा कर तिर्नुपर्ने बाध्यताका बीच सेयर बजारमा करेक्सन आउन सक्ने अनुमानलाई गलत सावित गर्दै बजार राम्रो कारोबार रकमसहित बढेको छ ।

बजार बढोत्तरीले बजार ’मिनी बुल’को तयारीमा छ भन्ने प्रष्ट संकेत बजारमा देखिएको छ । बिहिबारको आदालती निर्णयपछि आइतबारसमेत बजार बढेर बन्द भए त्यसले बुलको संकेत गर्ने दाबी धेरैको थियो । अन्ततः बजारमा पनि त्यहि दृश्य देखिएको छ । आइतबार नेप्से परिसूचक २७.७५ अंक बढेर २०२२.३५ विन्दुमा पुगेको छ । नेप्सेसँगैकारोबार रकमकोसमेत बढोत्तरीले बजारको सुखद् यात्राको थप संकेत गरेको छ । आइतबार यस दिन २९५ कम्पनीको १ लाख १ हजार १२८ पटकको कारोबारमा ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन कारोबार रकम साँढे ५ महिना यताकै उच्च हो ।

सेयर बजारका बादशाह निर्मल प्रधानले केहि समय अघि अर्थ सरोकारको कार्यक्रममा बोल्दै ४ अर्व सम्मको कारोबार रहिरहेको अवस्थामा बुल नसकिने बताएका थिए । नभन्दै दिनको ४ अर्वको कारोबार हुन छोडेपछि बजार बियरिस हो भन्ने प्रष्ट संकेत देखिएको थियो । पछि बजारमा कारोबार रकमले धेरै साथ दिने कुरै थिएन, किनकि बजार बियरिस लयमा थियो । यसपालीको सम्भावित बुलमा पनि बजारमा ४ अर्वको कारोबार कटेको अवस्था र सो अवस्थामा बजारको बढोत्तरीको समेत निरन्तरता भएको स्थितिमा बजारले बुलको संकेत गर्ने ठम्याई धेरैको थियो । अन्ततः आइतबारको बजारले ब्याड न्युजसमेत पचाएर बुलको प्रष्ट संकेत गरेको छ । र बजारले अवको यात्रा बुलिस लयमै गर्ने देखिएको छ ।

गत बुल बजारहरुलाई विश्लेषण गर्ने हो भने पनि, बुल बजारले हरेक नेगेटिभ न्युज पचाउने गर्छ । अदालतले गरेको कर सम्बन्धि फैसला बजारका लागि बिग ब्याड न्युज थियो । तर बजारले त्यसलाईसमेत पचाएपछि अवको बजार यात्रा बुलको हो भन्ने कुरामा कुनै पनि खालको सन्देह रहेन ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा उच्च उतारचढाव देखियो । बुल बजारमा नेगेटिभ न्युज आउँदा अधिकांश समय यस्तै हुनेगर्छ । नाफा बुक गर्नेहरु एकातर्फ सक्रिय हुँदा सेयर खरिद गर्नेहरु पनि उतिकै सक्रिय हुन्छन् यस्तो बेला । सस्तोमा सेयर पाइयो भनेर किन्नेहरु सक्रिय हुँदा बेच्नेहरु पनि उत्तिकै सक्रिय हुने यस्तो अवस्था यसअघिको बुलमा पनि देखिएको थियो । आइतबारको बजारमा बजार खुल्ने बित्तिकै अर्थात बजार खुलेको ५ मिनेट भित्रमा नै नेप्से परिसूचक सूचक ४३ अंकले झरिसकेको थियो । अर्थात किन्नेहरु बजारको गिरावटको अन्तिम बिन्दु कुरिरहेका थिए भने बेच्नेहरुले अघिल्लो ट्रेडको नाफा बुक गरिरहेका थिए । तर पछि खरिदकर्ता नै हाबी भएपछि बजार केहि उतारचढावका बीच बढिरह्यो ।

सेयर बजारमा बजार बढ्नु र कारोबार रकम बढ्नुलाई सुखद मानिन्छ । बजार बढ्नु तर कारोबार रकम खासै नबढ्नुलाई उति सुखद मानिन्न । बजार नमज्जासंग घट्नु र कारोबार रकम पनि घट्नुलाई त झनै राम्रो मानिन्न । आइतबारको बजारमा राम्रो संकेत देखिएको छ । बजारसंगै कारोबार रकम पनि बढेको छ । यदी आइतबारको बजारमा बिहिबारको अदालती प्रहारसहितको भय थिएन भने बजार झन् माथि जाने संकेत देखिएको छ । यो भय आइतबारको बजारले पचाएसँगै अव बजारको यात्रा माथि जाने पक्कापक्की छ ।

बुलमा होस् वा बियरमा, बजार बढीरहेपछि केहि करेक्सन र बजार निकै घटेपछि केहि बढोत्तरी देखिनु अस्वाभाविक होइन । मौद्रिक नीतिको समिक्षापछि पोजेटिभ सर्किटसहित बढेको बजार भोलिपल्टै घट्यो भनेर केहिको रोइलो थियो बजारमा । तर बजारमा हुने नै यहि हो । भोलि सोमबार केहि करेक्सन भयो भने पनि बजारमा अन्यथा लिनु हुन्न । किनकि एक दिन बाहेक आजसम्म मौद्रिक नीतिको समिक्षापछि बजार बढेको बढ्यै छ भन्ने कुरा पनि हेक्का राख्नुपर्छ । सोमबार बढ्यो भने त झन् बुलको थप कन्फरमेसन हुन्छ भन्ने कुरामा दुई मत छैन ।

तर बजारमा लगानीकर्ताले के बुझ्नुपर्छ भने अहिले नै बजार पिक बुलमा जान्छ भन्ने कुरा होइन । वा कोभिडका बेला जस्तो बजार ह्वात्तै माथि जान्छ भन्ने कुरा पनि सहि नहुन सक्छ । यसपालीको बुल भर्टिकल नभएर होरीजेण्टल र स्मार्ट हुन सक्छ । यस्तो हुँदा केहि लामो समय बजार बुलिस लयमै जान्छ तर बजारमा बुल विस्तारै दौडिरहेको हुन्छ । बजारमा बुझ्नुपर्ने अर्को कुरा के पनि हो भने बजार बुलमा छ भन्दैमा सबै सेयर उही रेसियोमा बढ्दैनन् । बुलमै बजार हुँदा पनि केहि स्टकहरु घटेको दृश्य पनि देख्न सकिन्छ बुल बजारमा । कतिपय सेक्टरमा त बुल यसअघिको साइडवेजमै सकिएको छ । यस विषयमा अध्ययन गरेर, मात्र लगानी गरे बजारमा राम्रो प्रतिफल पाउन सकिन्छ भन्ने कुरामा कुनै दुईमत नहुन सक्छ ।

अव के गर्ने त ?
बजार बुल लयमा हुँदा बजारमा कहाँ कहाँ गएर प्रफिट बुक गर्ने भन्ने कुरा पनि बुझ्नुपर्छ । बजारमा प्रफिट बुक नगरी फाइदा हुन्न बरु सो फाइदा देखिने नम्बरमा मात्र हुने हो भन्ने कुरा सम्झनुपर्छ । आफुले एउटा टार्गेट सेट गर्ने अनि सो टार्गेट पूरा भएपछि सेयर बेच्न पनि जान्नुपर्छ । लोभलाई त्यागेर, धैर्यतालाई साथी बनाए मात्र सेयर बजार सुन्दर छ । होइन भने बजारले बुलमा पीडा दिन्छ । यो कुरामा विशेष ध्यान दिएर राम्रा कम्पनी छाने बजारमा अवको समय स्वर्णिम छ । अर्को महत्वपूर्ण कुरा भनेको बजार बुलमा हुँदा जुनसुकै स्टक पनि बढ्ने हुनसक्छ । यस्तो अवस्थामा कुन सेयर आफुले राख्ने, कुन सेयरमा नाफा बुक गरेर निस्किने भन्ने कुरा ख्याल गर्नुपर्छ । यति बुझे यसपालीको बुल तपाईंहाम्रै लागि हो । कतिपयले बजारमा ३२०० मा पसेको हो, मेरो त सावाँ नै आएको छैन भन्नुहुन्छ । बुल सुरु हुनेबित्तिकै सावाँ आउँदैन । अझ कतिपय कम्पनीको सावाँ त यसपालीको बुल सकिएपछि पनि आउँदैन । यस्तो बेला सेयर वा सेक्टर सिफ्ट गर्नुमै भलो हुन्छ । यस विषयमा लगानीकर्ता स्वयमले अध्ययन गरे लगानीकर्तालाई नै फाइदा हुन्छ ।

अर्को महत्वपूर्ण कुरा भनेको बुल सुरु भएपछि कथित विज्ञहरुको वाइयात विज्ञता सुरु हुन्छ । १० कित्ता सेयरबाहेक केहि नहुनेहरु बजारको स्वघोषित ज्योतिष बन्न थाल्छन् । यस्ता अनावश्यक कुराहरुलाई पन्छाएर अगाडी बढे बजारको यात्रा सुखमया रहन्छ । फेरि पनि बुझ्नुपर्ने कुराचाहिँ, टार्गेट सेट गरेर बजारमा सेयर बेच्न पनि जान्नुपर्छ है । किन्ने अवसर त बजारले पटक पटक दिईरहन्छ । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: