×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवा १६औं वर्षमा प्रवेश, यस्ता छन् वार्षिकउत्सवका १५ अफर

अर्थ सरोकार

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार

PRIME CA

इसेवा १६औं वर्षमा प्रवेश, यस्ता छन् वार्षिकउत्सवका १५ अफर

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो १६औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकउत्सवको अवसरमा आम ग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियामक निकाय तथा शुभचिन्तकहरूमा आभार व्यक्त गरेको छ ।

नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा नेतृत्वदायी भूमिका खेल्दै लाइनबाट अनलाइन भुक्तानी गर्ने प्रणालीको विकास गर्न इसेवाले महत्वपूर्ण योगदान पुर्याउन सफल भएको दावी गरेको छ ।

वार्षिकउत्सवको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने ‘हामीलाई यो अवस्थामा आउन सहयोग गर्नुहुने आम इसेवा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, पाटनर्स बैंक, नियामक निकाय, कर्मचारी साथी,प्रेस र सम्पूर्ण शुभचिन्तकलाई हार्दिक आभार प्रकट गर्न चाहान्छु । हामीले आगामी दिनमा इसेवाको मोबाईल एप्स्लाई आम मानिसको हरेक क्रियाकलापमा साथ दिएर सुपर एप्स्को रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ । आशा छ डिजिटल नेपालको यो यात्रामा आम नेपालीले साथ दिनुहुनेछ ।’

१५ वर्षको अवधिमा इसेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८१ लाख पुगेको छ । यसैगरी परोक्ष रूपमा करिब दुई करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल देशभर करिब २ लाख ३० हजारको संख्यामा इसेवा एजेन्टहरू रहेका छन् । इसेवाले केन्द्रिय कार्यालय सहित सातै प्रदेशबाट सेवा दिइरहेको छ ।

यस्ता छन्  वार्षिकउत्सवका १५ अफर

यसैबीच इसेवाले आफ्नो १५औँ वार्षिकउत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्बजनिक गरेको छ । यो अफर माघ ११ (जनवरी २५) गतेदेखि माघ २५ (फेब्रुअरी ८) गतेसम्म सञ्चालनमा रहनेछ । अफर अन्तरगत इसेवा मार्फत कुनैपनि कारोबार गर्ने एक जना भाग्यशाली व्यक्तिले आइफोन १५ जित्न सक्नेछन् । यसैगरी एयरलाइन्स् टिकट काट्ने १५ जनाले मात्र रु १५ सय १५ मा आन्तरिक हवाई टिकट पाउन सक्नेछन् ।

यस्तै इसेवा केयर खरिद गर्ने मध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउनेछन् भने होटल बुकिङ गर्नेले १५ सय रूपैयाँ क्यासब्याक पाउन सकिनेछ । यस्तै मोबाईल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतको दरले रू १५० सम्मको क्यासब्याक पाइने तथा स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीन जनाले रू ५ हजारसम्मको क्यासब्याक पाउन सक्नेछन् । इसेवाले यी लगायत विभिन्न अफरहरू सार्बजनिक गरेको छ ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: