काठमाडौँ । सेयर बजारमा धैर्य गर्न सके एक दिन पक्का जितिन्छ । प्रशिद्ध व्यवसायी ज्याकमाले भनेका छन् – ‘आज गाह्रो छ, भोलि झन् बढी गाह्रो हुनेछ । तर पर्सीको दिन सुन्दर्छ । बिडम्बना, अधिकांश भोलि बेलुकी नै मर्ने निर्णय गर्छन् ।’ सेयर बजार पनि त्यस्तै हो । बियरिसपछि बुल र बुल पछि बियरिस चक्र अकाट्य छ । आजकल सेयर बजारका धेरै लगानीकर्ताहरु ‘बुल बजारमा बजार त घट्दै घट्दैन’, वा ‘बजार पनि घट्छ र ?’ भन्ने सम्झन्छन् । अनि, बियरिस बजारमा ‘अव सेयर बजारमा कहिल्यै कमाई हुन्न, अव बजार सकियो’ भन्ने सोच्छन् । यी दुवै कुरा गलत हुन् । बुलमा बेच्न जान्नुपर्छ, किन्ने बियरिसमै हो । तर सेयर बजारको ज्ञानको कमी नहुँदा, बुल अव सकियो है भन्ने बुझ्न नसक्दा, अहिलेको बजार बियरिस हो भन्ने नजान्दा धेरै लगानीकर्ताहरु बजारमा फस्नुभएको छ, बजारबाट पलायन हुनुभएको छ ।
आजकल १० कित्ता आईपीओ परेपछि कतिपय नयाँ लगानीकर्ताहरु स्वघोषित विज्ञ भएको देख्छु । तर सेयर बजार त्यति सजिलो कहाँ छ र ? त्यति सजिलो हुन्थ्यो भने करोडौँ रुपैयाँ किन र कसले डुबाउँथ्यो होला र । यो बजारमा बुल आउँदा कुनै बेला सबैभन्दा बढी कमाउने लगानीकर्ता, र बियरिसमा पनि सम्भवत: सबैभन्दा बढी गुमाउने लगानीकर्ता भएर आफैँमाथि समिक्षा गर्दा सेयर बजार कहिलेकाहिँ सार्है कठोर हुन्छ । यसले माया, ममता केहि बुझ्दैन । ‘ओहो, फलानो त गरिब मान्छे हो, यसको पैसा सिद्धिने भयो’ भन्ने बजारले बुझ्दैन । बजार आफैँमा कठोर चीज हो । यसले समयलाई चिन्न सक्नेलाई मात्र चिन्छ । समयभन्दा अगाडी जान्छु वा समयलाई जित्छु भन्नेलाई सजाय दिन्छ । धैर्यता राख्नेलाई माया गर्छ, लोभ गर्नेप्रति कठोर हुन्छ । बजारलाई मेरो गतिमा लैजान्छु भनेर कसैले भन्छ भने त्यो उसको मुर्खता हो । सेयर बजारको त आफ्नै लय छ, आफ्नै लय हुन्छ, र आफ्नै लयमा, आफ्नै गतिमा अविरल बगिरहन्छ ।
एभरेष्ट बैंकको प्रति कित्ता ३०० रुपैयाँमा किनेको सेयरको भाउ ३ हजार रुपैयाँसम्म पुग्यो । १ सय रुपैयाँमा फालाफाल भएको सेयरको भाउ बढेर ६ सयसम्म पुग्यो । १५ सय हाराहारीमा किनेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर ९ हजार हाराहारी पुग्यो । यो बुल बजारको सुन्दरता हो, बुल बजारको रौनकता हो । बुल बजारलाई चिन्न नसके सेयर बजारमा पैसा कमाउन गाह्रो हुनेरहेछ भनेर सबैभन्दा नमिठोसँग भोगेको मान्छे पनि सायद मै हुँ । तर बजार सधैँ बुलिस लयमा रहँदैन । त्यहि ९ हजार हाराहारी पुगेको सेयर ५०० मै फालाफाल भएको स्थिति पनि देखियो । ३००० सम्म पुगेको एभरेष्ट बैंकको सेयर ६०० हाराहारीमा आईपुगेर बैंकले नै बेचिदिएको पीडा पनि भोगेको छु मैले । त्यसैले बजार हरियो भईरनु भनेको लोभको परिक्षा पनि हो । बजार रातो भईरहनु भनेको धैर्यताको परिक्षा पनि हो । लोभ गर्ने र धैर्यता नराख्ने दुबैखाले मान्छेका लागि सेयर बजार हुँदै होइन । मैले पनि सार्है नमीठा भोगाईपछि यो तथ्य बुझेको हुँ ।
त्यतिबेला ७ वटा बैंकले सेयर जारी गर्थे भने ४ वटा जति फाइनान्स कम्पनी मात्र बजारमा सूचिकृत थिए । बजारमा केहि पैसा भएका लगानीकर्ताले सेयर नबेच्दा पनि बजार थामिने स्थिति थियो । तर अहिले त्यस्तो छैन । बजार सधैँ उस्तै रहँदैन, र रहेन ।
https://www.youtube.com/watch?v=9hZSOPAfreM
आजकल सेयर धितो कर्जाको खुब चर्चा हुन्छ बजारमा । बजारमा ३२००को बुल चलिरहँदा नियामक नेपाल राष्ट्र बैंकले ४-१२ को नीति ल्याएपछि म जस्ता धेरै लगानीकर्ताहरुलाई गाह्रो भयो । कतिपय ठुला लगानीकर्ताहरु त ‘अव राष्ट्र बैंकले यो बजारमा गरिखान नदिने भयो’ भनेर पलायन भए । पछि ४-१२ बाट ४ हट्यो, तर त्यसले ठुला लगानीकर्तालाई खासै प्रभाव परेन । पछि १२ करोडको सिमा व्यक्तिगतको हकमा १५ करोड पुग्यो, तर त्यसले पनि ठुला लगानीकर्तालाई खास आश दिएन । सेयर बजार भनेको अर्वौँ कारोबार हुने ठाउँ हो । तर अर्वौँको कारोबार गर्नेहरु निकै कम छन् । यसै पनि बजार बियरिसमा गएका बेला राष्ट्र बैंकको परिमार्जनले खास ठुलो सकारात्मकता दिएन बजारलाई । बजारमा कतिपयको तर्क ठुलाले खेले, साना फसे भन्ने छ । यो आरोपमा मेरो फरक मत छ ।
धेरै पैसा हुनेहरुले बजार चलायमान बनाउँछन् । धेरै पैसा हुनेहरु बजारबाट बाहिरिए भने त्यसले बजारको भलो गर्दैन । ३२०० को बुलताका पनि भएको त्यहि हो । हुन त बुलपछि बियरिस आउनु नै थियो । तर बजारमा बुल सकिएको थिएन । बजार अलि माथि पक्का जाने स्थिति थियो । तर राष्ट्र बैंकले एउटा बैंकबाट ४ करोड र सबै बैंक गरेर १२ करोडभन्दा बढी कर्जा लिन नपाइने भनेपछि ठुला लगानीकर्ताहरुलाई सेयर बेच्ने प्रेसर बढ्यो । ठुला लगानीकर्ताहरुसँग सेयर बेच्नुको विकल्प नै भएन ।
कतिपय ठुला लगानीकर्ताहरु यहि कारण बजारबाट पलायन भए । सेयर बजारमा ऋणको हिस्सा ठुलो थियो, बजारले सप्लाई प्रेसर थेग्न नसक्दा बजार ओरालो गतिमा लाग्यो । राष्ट्र बैंकले त्यतिबेला अलि समय दिएर यो नीति कार्यान्वयन गर्न खोजेको भए पनि बजार निकै तल आउने थिएन । तर ठुलाहरुसँग बेच्नुको विकल्प नभएपछि बजार निकै घट्यो । सानालाई राम्रो हुन्छ भनेर ठुलालाई पेल्न खोज्दा बजार नै पेलियो । त्यसको मार साना लगानीकर्ताहरुलाई नपर्ने कुरै भएन । अझ कतिपय ठुला लगानीकर्ताले बजार माथि हुँदा नै सेयर बेच्नुपर्ने बाध्यात्मक स्थिति बन्यो, जुन पछि आएर त ‘ओहो जोगिएछ’ भन्ने स्थिति भयो ।
तर सेयर बेच्ने बाध्यता नभएकाहरु भकाभक तीनै ठुला लगानीकर्ताले बेचेको सेयर किनिरहे । अन्तत: उनीहरु नै फसे । पूरानासँग अनुभव हुन्छ, नयाँसँग जोशमात्र हुन्छ । पूरानालाई बजार घट्छ पनि भन्ने थाहा हुन्छ । नयाँहरु बजार बढ्न थालिसक्यो, अव पछि फर्कदैन भन्ने भ्रम हुन्छ । अझ यस्तो समयमा, नयाँ लगानीकर्ताको फ्लो धेरै भएका बेला राष्ट्र बैंकको नीतिले सानालाई फसायो, ठुला त माथि नै उम्किए । मलाई पनि सेयर बेच्नुपर्ने ठुलो बाध्यता थियो । विभिन्न बैंकहरुसँग मैले ३०० करोड हाराहारी ऋण लिएको थिएँ । अव ३०० करोड ऋणलाई घटाएर १२ करोडमा झार्नुपर्दा मैले कस्तो प्रेसर भोग्नुपर्यो होला । तर म त अनेक दु:ख र भोगाईले जेलिएको मान्छे जो थिएँ, म रति आत्तिईन । समय जरुर गाह्रो थियो, तर त्यसको विकल्प पनि त थिएन । ३०० करोडको ऋणलाई मैले १२ करोडमा झारेरै छोडेँ ।
तर मैले सेयर बजारमा पहिलो बुलको अनुभव गर्दा ताका सेयर कर्जा भनेकै धेरै बैंकरहरुले बुझेकै थिएनन् । सेयर राखेर पनि ऋण दिन मिल्छ र भन्थे कतिपय बैंककै कर्मचारीहरु । धेरै बैंकका मेनेजरहरुलाई सेयर कर्जाको प्रक्रिया नै थाहा थिएन । मैले नेपाल बैंकका मेनेजरहरुलाई सेयर कर्जा कसरी प्रवाह गर्ने, यसका नीति नियम के के हुन सक्छन्, सेयरको भाउ घट्यो भने के गर्ने, के हुन्छ, सेयर कर्जामा कतिको जोखिम हुन्छ लगायतका विषयमा तालिम नै दिन्थ्येँ । राष्ट्रिय बाणिज्य बैंकबाट ३.५ प्रतिशत ब्याजमा सेयर कर्जा लिएको अझै याद छ । नेपाल बैंकले पनि सेयर लगानीकर्ताहरुलाई ६.२५ प्रतिशत ब्याजदरमा ऋण दिने भएको थियो । ऋणका बारेमा तालिम पनि मैले नै दिएको र ठुलो ऋण लिने भएकोले मलाईचाहिँ नेपाल बैंकले ५.७५ प्रतिशत ब्याजमै ऋण दियो ।
सेयर कर्जा लिन सुरुमा मैले बिनोद चौधरीको सहयोग लिएँ । सत्यन्द्र प्यारा श्रेष्ठले मलाई सहयोग गर्नुभयो । ९ प्रतिशतमा ऋण लिएर पनि सेयर बजारमा राम्रो लगानी र आम्दानी दुबै गरेको चर्चा बजारमा हुन थालेछ, त्यसपछि त मलाई सेयरमार्फत कसरी कर्जा दिने भन्ने विषयमा तालिम दिन बैंकहरुले अफर नै गरेका थिए ।
बाँकी अर्को भागमा
https://www.youtube.com/watch?v=Seu6M7tntp8
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्