×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिविका थेसिस कवाडीमा किलोको भाउले बिक्री, चटपटे र बदाम बेच्नेकहाँ पुग्छ विद्यार्थीको मेहेनत !

PRIME CA
GLOBAL IME BANK

त्रिविका थेसिस कवाडीमा किलोको भाउले बिक्री, चटपटे र बदाम बेच्नेकहाँ पुग्छ विद्यार्थीको मेहेनत !

१६ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरका विद्यार्थीले बुझाएका सोधपत्र (थेसिस) कवाडीमा किलो भाउले बिक्री हुने गरेको पाइएको छ । अध्ययन तथा अनुसन्धानका लागि वर्षौंपछि पनि आवश्यक पर्ने थेसिसहरु कवाडीमा प्रतिकिलो १५ रुपैयाँदेखि २० रुपैयाँसम्ममा बिक्री हुने गरेको पाइएको हो ।

यसरी कवाडीमा बिक्री भएका सोधपत्र (थेसिस)हरु अहिले काठमाडौँ लगायतका शहरहरुमा सडक व्यापारीहरुले बदाम, चटपट लगायतका सामाग्री बेच्न प्रयोग गरेका भेटिन्छन् ।

सडक व्यापारीहरुले विद्यार्थीहरुले महिनौँ लगाएर तयार गरेका थेसिसहरु कवाडीबाट प्रतिकिलो ५० रुपैयाँसम्ममा किन्ने गरेका छन् । स्नातकोत्तरका विद्यार्थीहरुले बनाएका थेसिस राज्यका नीति निर्माण गर्ने निकायदेखि अध्ययनका लागि सुरक्षित राख्नुपर्ने हो, तर वौद्धिक सम्पत्ति यसरी कवाडीको भाउमा बिक्री हुनु दुःखद भएको शिक्षाविद्हरुले बताएका छन् ।

यसअघि त्रिभुवन विश्वविद्यालयले स्वीकृत गरेका सोधपत्रहरु राष्ट्रिय योजना आयोग, भाषा आयोग तथा विभिन्न विषयगत आयोगहरुले लैजाँदै आएका थिए । तर, पछिल्लो समय ती आयोगहरुले त्रिविका थेसिस लिन छोडेपछि थेसिस राख्ने ठाउँ नभएको भन्दै अहिले ति थेसिसहरु कवाडीमा किलोको भाउमा बिक्री गर्न थालिएको पाइएको छ ।

यसो त त्रिविले सोधपत्र (थेसिस) राख्ने ठाउँको अभाव हुन थालेपछि २०५६ सालदेखि नै स्नातकोत्तरका विद्यार्थीले तयार गरेका थेसिसहरु कवाडीमा बिक्री गर्न सुरु गरेको तथ्य पनि खुलेको छ । तर, यसरी विद्यार्थीहरुले महिनौँ लगाएर तयार गरेका थेसिस कवाडी र कवाडी हुँदै चटपट र बदाम बेच्नेसम्म पुग्दा पनि सम्बन्धित निकाय भने यसतर्फ बेखबर छन् । यसले त्रिविको व्यवस्थापकीय पक्ष कति कमजोर र गैरजिम्मेवार छ भन्ने पुष्टि गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: