×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टेलिकमको सेयरमा सर्किटको खेल : बजार खुल्नुअगावै बनाइएको थियो योजना, अन्तिम मिनेटमा यसरी बढाइयो मूल्य !

PRIME CA

टेलिकमको सेयरमा सर्किटको खेल : बजार खुल्नुअगावै बनाइएको थियो योजना, अन्तिम मिनेटमा यसरी बढाइयो मूल्य !

२२ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । सेयर बजारमा कुनै स्टकमा सर्किट लाग्नु नौलो कुरा होइन । र त सोमबारको कारोबारमा नेपाल टेलिकमको सेयरमा सर्किट लाग्दा, जसरी नेप्सेमा बढोत्तरी देखियो, सो खेल पनि नौलो होइन । तर धेरैलाई      टेलिकममा देखिएको आजकोजस्तो सर्किट असामान्य लाग्न सक्छ । र त, पूर्ववत योजना अनुसार नै आजको कारोबारमा नेपाल टेलिकमको सेयर मूल्यमा सर्किट लगाइएको छ ।
अन्तिम मिनेटमा सर्किट कसरी लाग्छ ?
प्राविधिक विश्लेषक विमोद देव पन्तका अनुसार आम लगानीकर्ताले हेर्दा अन्तिम मिनेटमा सर्किट लागेकोजस्तो देखिए पनि सेयर खेलाडीहरुले सुरुमा नै आज फलानो सेयरमा सर्किट लगाउने भनेर प्लान बनाएका हुन्छन् । बजारको पहिलो घण्टामा उनीहरुले त्यसका लागि तयारी गरिसकेका हुन्छन् । कसैको अकाउण्टबाट थोरै कित्ता सेल राख्दै, आफ्नो एकाउन्टबाट त्यसैलाई बाई गर्दै, अझ प्राविधिक भाषामा भन्दा म्याचिङ गर्दै झन्डैझन्डै सर्किट लेभलमा कारोबार गरिन्छ । अझ थोरै थोरै कित्ता सेल अर्डर आएको खण्डमा त म्याचिङ गराईराख्नै परेन ।  एकातिर आफैंले बेचेर र अर्कोतिर आफैंले किनेर सो सेयरको मूल्य सर्किट लेभलमा पुग्न लागेपछि खेलाडीहरुले अव बजारलाई आफ्नै लयमा चल्न दिन्छन् । तर अन्तिम फ्र्याक्सन अफ सेकेन्ड अर्थात, अन्तिम मिनेटको पनि अन्तिम मिनेटमा आएजति सेल एमकेटी गरेर खाईदिन्छन् र स्टकमा सर्किट लाग्छ ।
पन्तका अनुसार यसरी सर्किट लाग्न कसैले महँगो पैसा खर्चिरहनुपर्दैन, बस दिमाग चलाए पुग्छ । ‘आजको बजारमा पनि त्यस्तै भएको छ । बजार खुलेको केहि समयभित्र नै सर्किट लगाउनेगरी तयारी गरिएको छ, र बजारलाई छोडिएको छ । बजारको अन्तिम मिनेटमा एमकेटी अर्थात आएजति सेयर खरिद गरेर बजारलाई सर्किट लगाइएको छ । अन्तिम केहि कारोबारमा पनि म्याचिङ गराइएको संकेत देख्न सकिन्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने- ‘सेयर बजारमा यस्ता दृश्य सामान्य हुन् । अरु थुप्रै कम्पनीमा पनि यस्तो देखिन्छ ।’
नौलो होइन अभ्यास !
यसरी आफैं आफैं खेलेर अन्तिम मिनेटमा सर्किट लगाई बजारमा माहोल तताउने, वा माहोल बनाउने काम यो पहिलो पक्कै होइन । आज नेपाल टेलिकममा जे देखियो, जस्तो कारोबार देखियो, त्यस्तो कारोबार बजारमा भईनै रहेको हुन्छ । बाठाहरुले यसैगरी माहोल बनाउँछन्, सोझा लगानीकर्ताहरु जव राम्रो रकम सो सेयरमा हाल्न तयार हुन्छन्, तव बेच्नेहरु बेचेर हिंड्छन् ।
नेपाल टेलिकमकै कुरा गर्दा अघिल्लो दिनको कारोबार बन्द हुँदा यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८६५ रुपैयाँ थियो । सोमबार ८७० रुपैयाँमा पहिलो कारोबार भएको यो कम्पनीको सेयरको न्यूनतम मूल्य ८६५ रुपैयाँ १० पैसासम्म झरेको थियो । तर खेल्दै खेल्दै खेलाडीहरुले अन्तत: कम्पनीको मूल्य प्रतिकित्ता ९५१ रुपैयाँ ५० पैसासम्म पुर्याए ।
सामान्यतया सर्वसाधारण समूह तर्फ थोरैमात्र सेयर कित्ता हुने कम्पनीहरुमा यस्तो खेल, झेल र चलखेलको सृंखला चलिरहन्छ । १८ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको सर्वसाधारण समूहमा जारी सेयर जम्मा ८.४७ प्रतिशत छ । यो भनेको कुल १ करोड ५२ लाख ४६ हजार कित्ता सेयर सर्वसाधारण समूहको छ, र यहि सेयरमा बाई, सेल, र सर्किटको खेल चलिरहन्छ ।
‘थोरै कित्ता सेयर बजारमा हुँदा कर्नारिङ सहज भएको छ, यो रोक्नुपर्छ’ : सिए. मनिष अर्याल 
यता चार्टर्ड एकाउन्टेन्ट मनिष अर्याल कुनै पनि कम्पनीले आईपीओ जारी गर्दा थोरै मात्र सेयर जारी गर्न दिएकै कारण यस्तो समस्या आएको तर्क गर्छन् । ‘थोरै मात्र कित्ता सेयर सर्वसाधारणको हुन पनि दिने, अनि कर्नारिङ पनि भयो भन्नु आफैँमा विरोधाभास कुरा हो ।’ अर्यालले अर्थ सरोकारसँग भने, ‘धितोपत्र बोर्डले अव आईपीओमा आउने सेयर न्युनतम पनि ३० प्रतिशत हुने व्यवस्था गर्नुपर्छ । यस्तो नभएसम्म सिमित व्यक्तिले सेयर खेलाईरहन्छन्’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: