नेपालका प्रहरीलाई पनि गाह्रो छ । सानालाई मात्र समाए, ‘ठुला माछा छोडे, सानालाई मात्र समाए’ भनेर विरोध आईहाल्छ । ठुलालाई समात्न खोज्यो, नेतादेखि राष्ट्रपतिका सल्लाहकारसम्मको दबाब आउँछ । व्यापारी समात्यो, ‘राज्यका करदातालाई समात्ने ? एउटा व्यवसायी भाग्छ र ? समात्नुपहिला खबर गर्नुपर्दैन ?’ भनेर विरोध आउँछ । कर्मचारीलाई पक्राउ गरे, ‘राष्ट्रसेवकलाई समात्ने ? राज्यको सेवा गर्नेलाई मानमर्दन गर्ने ?’ भनेर अर्कोतिर विज्ञप्ति आईहाल्छ । शिक्षक समाते, ‘ज्ञान दिने गुरुलाई समातेर हुन्छ ? तिनलाई पुलिस कसले बनायो, हामीजस्ता गुरुले होइन र ?’ भनेर शिक्षकहरुको जुलुस निस्किहाल्छ । भिच्छुहरुलाई समाए भक्तहरुको तनाव, कलाकारलाई समाए, लगानी डुब्ने डरले निर्माताहरुको दबाब, खेलाडीलाई समाए फ्यानहरुको रोइलो । कसैलाई नसमाए, नेताको दबाब र प्रभावमा परेर पक्राउ गरिएन भन्ने जनताको आक्रोश ।
आरोपितलाई हतकडी लगाउन पनि प्रहरीहरुले १० पटक सोच्नुपर्छ । अभियुक्तलाई हतकडी लगाउँ, ‘हतकडी नलगाएको भए के बिग्रिन्थ्यो ?’ भन्ने दबाब । हतकडी नलगाउँ, ‘हाम्रो सन्दीपलाईचाहिं हतकडी लगाउने, फलानो व्यवसायीलाईचाहिं हतकडी नलगाउने ?’ भन्ने जनताको आक्रोश । धन्न ! यस्ता अनेक प्रेसरलाई धानेर सीआईबीले आफ्नो काम गरिरहेको छ । मानौँ पुलिसहरु प्रेसर कुकर हुन्थे भने एक मिनेटमा ३ सिठ्ठी लागिसक्थ्यो होला । कानुनले अनुसन्धानका लागि हिरासतमा लिनु भन्छ । व्यवसायीहरु पत्रकार सम्मेलन गरेर, ‘पहिला अनुसन्धान गर, दोषी प्रमाणित गरे मात्र समाउ’ भनेर दबाब दिन्छन् । कानुन बुझ्नेहरुले पनि बुझ पचाउँदा नबुझेका सोझा नागरिक समक्ष गलत सन्देशमात्र गएको छैन प्रहरीप्रतिको दृष्टिकोण धुमिल भएको छ ।
तर, अव हामी जनताले पनि बुझ्नुपर्छ । हो, जरुर, प्रहरीभित्र पनि गलत प्रवृति छन् । घुसखोरी छ, आफन्तगिरी, दादागिरी सबै छ । तर पनि प्रहरीहरुले आफ्नो कामचाहिँ गरिनै रहेका छन् । माथिको आदेश नै सहि, विहान सलाम गरेका नेता वा व्यवसायीहरुलाई दिउँसो समात्न जाँदा मुटु दह्रो पार्नै पर्छ । यसरी प्रेसर कुकरभन्दा बढी प्रेसर लिएर, नेपाल प्रहरीको इज्जत जोगाईदिने सबै प्रहरीलाई सम्मान गर्नैपर्छ हामीले पनि । अपेक्षा यति हो- ‘त्यहि हतकडी लगाउनुपर्ने कानुन पनि सानालाई लाग्ने ठुलालाई नलाग्ने नभईदिए हुन्थ्यो ।’ अपेक्षा यहि हो, ‘विरामी गरिब हिरासत पुग्दा त्यहि जेलको भात खानुपर्ने अनि पैसावालहरुलाईचाहिँ तुरुन्त विरामी भएर फाइभ स्टारको डिनरको सुविधा नभए पनि पुलिसको इज्जत बढ्थ्यो ।’
हुन त नेपालको कानुनमा पनि अनेक कैफियत नभएका होइनन्, घुस खाएको अभियोगमा कति न्यायाधीसले नै राजिनामा दिएको सुनिएकै छ, वकिलले न्यायाधीसलाई घुस बुझाउन खोजेको प्रमाण सार्वजनिक भएकै छ । र पनि, कानुन पालनामा सबैलाई समान व्यवहार गरिदिए नागरिकले पनि प्रहरी र कानुनलाई सम्मान साथ हेर्थे कि ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्