×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुलापत्र -‘सुधिर दाइ, तपाईं नैतिकता भएको स्वच्छ छविको बैंकर हो, फोहोरी खेलमा नअल्झिनुस्, राजिनामा दिएपछि नफर्कनुस्’ !

PRIME CA

खुलापत्र -‘सुधिर दाइ, तपाईं नैतिकता भएको स्वच्छ छविको बैंकर हो, फोहोरी खेलमा नअल्झिनुस्, राजिनामा दिएपछि नफर्कनुस्’ !

२८ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । कानुनी पाटो फरक होला, बैंकिङ ‘इथिक्स’मा चल्नुपर्छ । कानुनले छुट दिएका सबै काम ‘इथिकल’ नहुन सक्छन् । कहिलेकाहिँ ‘इथिक्स’ राख्छु भन्दा कानुनी जटिलता निम्तिन सक्छ । र पनि, बैंकिङ बढी इथिकल हुनैपर्छ ।  कतिपय अवस्थामा सबै कुरा नमिल्दा पनि बैंक जोगाउन आफु खट्नुपर्छ, कतिपय अवस्थामा सबै कुरा मिलेर पनि बैंक जोगाउन आफु बाहिरिनुपर्छ ।
सुधिर नाथ पाण्डे । बैंकिङमा एउटा गर्विलो इतिहास मात्र होइन, एउटा स्वच्छ छविको बैंकर हो । बर्षौं लामो बैंकिङ करियरमा जसले जुनियरलाई बाटो देखाईरह्यो,  र पनि सीइओ नै हुनुपर्छ भन्ने लालस लिएन । सुधिरनाथ पाण्डे, त्यस्तो ‘इथिकल’ पात्र हो, जसले आफुभन्दा जुनियरको जुनियर बनेर बैंकलाई रफ्तारमा लागिरह्यो । सुधिर दाइ, तपाईं एउटा यस्तो आदर्श बैंकर हो, जो हरेक बैंकरका लागि आफैँमा एउटा खुला किताब हुनुभएको छ, एउटा विश्वविद्यालय हुनुभएको छ, एउटा ओझिलो पाठ हुनुभएको छ ।
बैंकिङमा केहि बर्षको अनुभवले भन्छ, तपाईंले इथिक्स छोड्न नसकेरै एनआईसी एशियाको जागिर छोड्ने निर्णय गर्नुभएको थियो । तपाईंले राजिनामा पत्रमा आफु बिरामी भएको भने पनि, बिरामी तपाईं होइन, तपाईंको कुर्सीमा अडिएर जमेको सिष्टम थियो भन्ने कुरा बैंकरले बुझेका छन् । आज तपाईं बाहिरिने, र भित्रिने कुराले जसरी समाचारमा स्थान पाए, जसरी तपाईंलाई जवर्जस्त ‘कन्ट्रोभर्सी’मा तानिँदैछ, यो एक स्वच्छ छविको बैंकरको नमिठो उत्तरार्द्ध जस्तो भएको छ । तपाईंलाई फकाउनेले ठिकै भने होलान्- ‘गाह्रो समयमा साथ छोड्नु हुँदैन, अव कति नै बर्ष बैंकिङ गर्नु छ र ?’ तर सत्य यो पनि त हो- ‘यत्रो बर्ष कमाएको इथिकल बैंकरको छवि बैंकिङबाट बिश्राम लिने बेलामा किन धुमिल पार्नुहुन्छ ?’
इतिहास साक्षी छ, तपाईंले गर्नुभएको मेहेनतले एउटा बैंक कहाँ पुग्यो भनेर । तपाईंको साथले कति ‘रोशन’हरु चम्किए भनेर । इतिहास साक्षी छ, तपाईंको आड कति राम्रा बैंकरहरु जन्मिए र बैंकिङ लिड गर्दैछन् भन्ने । अनि सबै इतिहासलाई एकैपटक सखाप पार्न खोजेजसरी किन मरिहत्ते गर्नुहुन्छ मनले मनैबाट छोड भनेको जागिरमा ? दाइ, तपाईंले राजिनामा नदिएको भए पनि हुन्थ्यो, दिनुभयो । अव नफर्किएको राम्रो । किनकि, यसले राम्रो सन्देश दिँदै दिंदैन ।
बिरामी हुनुहुन्छ भने आराम गर्नुहोस्, तर जागिर बाहेक केहि होइन रहेछ जिन्दगीजसरी काममा नफर्किनुहोस् । अफ्ट्यारो बेला साथ नदिएको बात लाग्ने पीर नगर्नुहोस्, सबैले बुझेका छन्, अफ्ट्यारो निम्त्याउने काम कसले गर्यो र यतिन्जेल त्यो अफ्ट्यारो कसले धान्यो भनेर । जागिर नै सबथोक होइन, हुनु हुँदैन पनि । बैंकबाट राजिनामा दिईसकेपछि फर्किनु हुँदै हुन्न । नत्र त तपाईंजतिको बैंकरबाट के सिक्ने ? अहँ ! ड्रामा, बोर्डसँगको बार्गेनिङ तपाईंको शब्दकोषमा नभएका शब्द हुन् । जाँदाजाँदै तपाईं चुक्नु हुँदैन । इमानको चट्टानले बनेको करियरमा तपाईं झुक्नु हुँदैन ।
तपाईंजतिको इथिकल बैंकरका लागि सब ढोकाहरु खुला छन् । तर धोकाहरुबीच तपाईंले आफ्नो गर्विलो करियर दाउमा राख्नु हुँदैन । तपाईं धेरैपटक, धेरै तरिकाले, धेरै जनाबाट बन्दुक पड्काउने ढाड बन्नुभएको छ, तर सँगै बैंकिङ इथिकल बन्नुपर्छ भन्नेहरुको ठुलो भरोसाको आड बन्नुभएको छ ।
तपाईंको मन नै छैन बैंकमा भने अव कुन सतहको इथिकल बैंकिङलाई साक्षी राखेर तपाईं बैंकिङ गर्नुहुन्छ ? नाति खेलाउने बेलामा किन कानुनी झमेला लिनुहुन्छ ? करियरको उत्तरार्द्धमा किन झमेलामा पर्नुहुन्छ ? त्यसैले सुधिर दाइ, राजिनामा दिईसकेको तपाईं काममा फर्कनु हुन्न, तपाईंजतिको मान्छेले बोलीसकेपछि आफ्नो अडानमा अड्कनु हुन्न ।
आवश्यक छैन, अलविदा भन्नका लागि, तर करियरमा कमा लगाएर तपाईंले एनआइसी एशिया बैंकबाट बिदा लिएकै राम्रो । बाँकी त निर्णय तपाईंको शुभेक्षा हाम्रो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: