×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ

अर्थ सरोकार

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार

PRIME CA

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय रुपेश कुमार ठाकुर, ३० वर्षीय कृष्ण बहादुर राई, ३५ वर्षीय पर्वराज पाण्डे र ४६ वर्षीय जीवन तामाङ रहेका छन् ।
उनीहरुले बेरोजगार युवा युवतिहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेका थिए । पिडितहरुबाट रकम लिए पश्चात बिदेश नपठाई उनीहरु सम्पर्क विहीन भएपछि पिडीतहरुले जाहेरी दिएका थिए ।
सोहि जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई चैत्र  १३ गते काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाईएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: