×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोर्डमा नयाँ अध्यक्ष नियुक्त नहुँदा शिवम् सिमेण्ट्स माथिको कारवाही सिफारिस अलपत्र, साउदको कारवाही पनि रोकियो

PRIME CA

बोर्डमा नयाँ अध्यक्ष नियुक्त नहुँदा शिवम् सिमेण्ट्स माथिको कारवाही सिफारिस अलपत्र, साउदको कारवाही पनि रोकियो

१४ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिमा ढिलाई हुँदा शिवम् सिमेण्ट्स माथिको कारवाही सिफारिस अलपत्र परेको छ । शिवम् सिमेन्टस् लिमिटेडका तत्कालीन अध्यक्ष सुरेन्द्र कुमार गोयलले प्रचलित कानुनविपरीत सेयर कारोबार गरेको प्रकरणमा उनीमाथि छानविन समितिले कारवाही सिफारिस गरे पनि बोर्डमा अध्यक्ष खाली हुँदा सो कारवाही प्रक्रिया रोकिएको हो ।

प्राप्त उजुरीका आधारमा धितोपत्र बोर्डले गरेको छानविनका क्रममा गोयलले गरेको सेयर कारोबार गैरकानुनी रहेको फेला पारेको थियो । कम्पनीको अध्यक्षमा सुरेन्द्र कुमार गोयल हुँदा २७ लाख ४३ हजार ९ सय कित्ता सेयर परिवारका विभिन्न सदस्यहरूको नाममा नामसारी गरिएको विवरणसहितको उजुरी बोर्डमा परेकोमा सो उजुरी उपर छानविन गर्दा नियामक नेपाल धितोपत्र बोर्डले गोयलको गैरकानुनी कारोबारबारे तथ्य फेला पारेको थियो । कम्पनीका अध्यक्षलाई कारवाहीको तयारी हुँदाहुँदै तत्कालीन बोर्ड अध्यक्षको कार्यकाल सकिएको थियो ।

यस्तै नेप्सेका पूर्व प्रमुख चन्द्र सिंह साउदलाई भएको कारवाही सिफारिस पनि अध्यक्ष नहुँदा रोकिएको छ । साउदले नेपाल इन्स्योरेन्सको सञ्चालक रहँदा नै सेयर बेचेको फेला पारेपछि उनलाई पनि छानविन समितिले कारवाहीको सिफारिस गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: