×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी र लघुवित्तको ऋण नतिरे के हुन्छ ? ख्याल गर्नुस् यी ७ कुरा, नत्र बर्बादै हुन्छ !

PRIME CA

सहकारी र लघुवित्तको ऋण नतिरे के हुन्छ ? ख्याल गर्नुस् यी ७ कुरा, नत्र बर्बादै हुन्छ !

अर्थ सरोकार

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार

काठमाडौँ । बाख्रा पाल्न लिएको ऋण, खसी काटेर भोज गर्दा सकिएपछि धेरैलाई लागेको छ यो लघुवित्तको ऋण नतिरे पनि हुन्छ ।अझ केहि अभियानताहरुले ऋण मिनाहा गरिदिन्छन् भन्ने भ्रममा थुप्रै ऋणीहरु छन् । तर न लिएको कर्जा मिनाहा हुनेवाला छ, न कर्जा मिनाहा हुन्छ भनेर गरिएको आन्दोलनको केहि नतिजा निस्कनेवाल छ । बस् हुँदैछ त केवल ऋणको सावाँमाथि ब्याज थपिँदैछ, तिर्नुपर्ने दायित्व र तनाव थपिंदैछ ।

अझ सहकारीका ऋणीहरु त बचतचाहिं फिर्ता नगर्ने, हामी ऋणचाहिं किन तिर्ने भनेर बसिरहेका छन् । तर उनीहरुको पनि त्यहि हो, सहकारीले कुनै हालतमा ऋण छोड्ने वाला छैन । किनकि ऋणीलाई दिएको पैसा उठाएर नै सहकारीले अव बचतकर्तालाई फिर्ता गर्ने हो ।

आखिर लघुवित्त र सहकारीको ऋण नतिरे के हुन्छ त ?
१. ब्याज बढ्दै जान्छ । दायित्व थपिँदै जान्छ ।
२. ऋणको भाखा नाघेपछि खराब ऋणीको सूचीमा परिन्छ । कालोसूचीमा परिन्छ ।
३. लघुवित्त र सहकारीले तिन पुस्ते विवरणसहित पत्रिकामा सूचना निकाल्छन् । यसले आफुलाई र आफ्ना कलिला बालबच्चाहरुलाई पार्ने मनोबैज्ञानिक असर फरक र तितो छ ।
४. ऋण नतिरेको मान्छे भनेपछि छरछिमेक, आफन्त र साथीभाईको हेर्ने नजर पनि राम्रो हुँदैन ।
५. ऋण तिर्न नसकेर पत्रिकामा नाम निस्किएपछि घरमा झैझगडा सुरु हुन्छ । यसले परिवारलाई विखण्डनतिर लैजान्छ ।
६. तपाईंले कर्जा नतिरेपछि सेयरधनीले लाभांश पाउने सम्भावना कम हुन्छ, र यसमा तपाईंकै आफन्तहरु पनि पर्छन् ।
७. तपाईंको नाममा राजनीति गर्नेहरु सांसद वा मन्त्री बन्लान् तर तपाईंको ऋण अहँ, मिनाहा हुने कुरै हुँदैन ।

समग्रमा भन्दा कर्जा लिएपछि नातिर्नुपर्ने नियम कहिँकतै पनि हुँदैन । त्यसैले लिएको ऋण समयमा तिरौँ । तिर्न नसक्ने ऋण नलिऔँ । बाध्यता भए लघुवित्तको हकमा राष्ट्र बैंकले दिएको सुविधा र सहकारीको हकमा आपसी समझदारीबाट व्यवहार सल्टाउने उपाय निकालौँ ।

(जनहितमा जारी समाचार टिप्पणी)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: