×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ सेयर लगानीकर्ताहरूले के गर्ने ? के नगर्ने ? लगानी गर्दा के के कुरामा ख्याल गर्ने ? यस्ता छन् पदम राज पौडेलका १५ टिप्स

GLOBAL IME BANK

नयाँ सेयर लगानीकर्ताहरूले के गर्ने ? के नगर्ने ? लगानी गर्दा के के कुरामा ख्याल गर्ने ? यस्ता छन् पदम राज पौडेलका १५ टिप्स

२८ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

१. आफ्नो लगानीको ६०% पीइ कम भएका, आरओइ १५ भन्दा बढी भएका, बोनस दिने कम्पनी बलमा बेच्नका लागि किनेर छाड्ने ।

२. लगानीको २० प्रतिशत मात्र ट्रेडिङ गर्ने, २० प्रतिशत नगदै रिजर्भमा राख्ने । मौका आउँदा चौका हान्न काम लाग्छ ।

३. कुनै पनि कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागिसकेपछि त्यस्तो कम्पनीमा लोभ नगर्ने ।आज १०% बढेको कम्पनी भोलि ५% घट्न पनि सक्छ ।

४. नेप्सेले र कारोवार रकमले केही महिनायताको उच्च विन्दु बनाउँदा ट्रेडिङको ५०% स्टक बेच्ने ।

५.  सेयर किन्दा सबै पैसाको एकैपटक नकिन्ने । एकपटकमा बढिमा २५% को मात्र किन्ने ।

६. केही दिन बजार बढेर करेक्सन सुरु हुँदा तत्काल किन्ने गल्ती नगर्ने । क्यास छैन भने केही स्टक बेचेर क्यासमा बस्ने । बजार घट्न रोकिएपछि मात्र किन्न सुरु गर्ने ।

७. किनेको सेयरको भाउ बढ्दै जान्छ भने थप्दै जाने । कमजोर कम्पनी छ भने, घट्दो क्रममा सकभर एभरेजिङ नगर्ने ।

८. सबै स्टकहरू तपाइले किनेकै मूल्यमा पुग्छन् भन्ने हुँदैन । ख्सती कम गर्नका लागि कहिलेकाहीं घाटामा पनि बेच्नुपर्ने हुन सक्छ ।

९. ब्रोकरसँग उधारो कारोबार सकभर नगर्ने । उधारोले फल नपाक्दै टिप्नुपर्ने अवस्था आउन सक्छ।

१०. पुष मसान्त र असार मसान्त लाग्नुभन्दा पहिला ५०% ट्रेडिङ स्टक बेचेर क्यासमा बस्ने । त्यो समय नेपालको सेयर बजारमा मनोवैज्ञानिक त्रास फैलाएर बजार घटाइने गरिन्छ ।

११. न्युज आइसकेपछि कुनै स्टकको मूल्य बढ्छ भने किन्ने हतार नगर्ने । तपाइको खातामा नआउँदै घट्न सक्छ ।

१२. बैकको ब्याजदर बढ्दा आम लगानीकर्ताहरू बिस्तारै बजारबाट निस्कने हुँदा उनीहरूको सिको गर्ने ।

१३. फेसबुक र क्लव हाउसको हल्लाको भरमा कहिल्यै सेयर नकिन्ने । धेरैले आफ्नो कम्पनीको विज्ञापन गर्नका लागि आएका हुन्छन् । 

१४. तपाईंले किन्न नजानेर भन्दा पनि सही समयमा बेच्न नजाने धेरै गुमाउनु पर्ने हुनसक्छ । बढेको बेलामा धेरै लोभ नगर्ने, घटेको बेलामा नडराई किन्ने ।

१५. फेक आइडीवाला गुरु, पेड धर्के र अनलाइन न्युजको आँखा चिम्लेर विश्वास नगर्ने । 

– पदम राज पौडेल ( पोखरा नेपाल)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: