×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीआईबी र धितोपत्र बोर्ड दुबैको प्रष्टोक्ती- ‘रिलायन्स स्पिनिङ मिल्सलाई क्लिन चिट दिइएको होइन’

LAXMI SUNRISE BANK
GLOBAL

सीआईबी र धितोपत्र बोर्ड दुबैको प्रष्टोक्ती- ‘रिलायन्स स्पिनिङ मिल्सलाई क्लिन चिट दिइएको होइन’

४ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई ‘क्लिन चिट’ दिएको कुरा गलत भएको बताएका छन् । अनुसन्धान गर्ने कानुनको अभाव भएको निष्कर्षसहित तत्कालका लागि रिलायन्सको केस सीआईबीले तामेलीमा राखेको विषयलाई लिएर सीआईबीले क्लिन चिट दिएको भन्ने हल्लाका विषयमा अर्थ सरोकारले सोधेको प्रश्नको जवाफ दिँदै सीआईबी र बोर्ड प्रवक्ताले रिलायन्सलाई क्लिन चिट नदिएको प्रष्ट पारेका छन् ।  

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कम्पनीविरुद्ध परेको उजुरी तामेलीमा राख्नुको अर्थ कम्पनीलाई ‘क्लिन चिट’ दिइयो भन्ने नभएको बताएको छ । सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले उजुरी तामेलीमा राख्नुको आशय क्लिन चिट दिइयो भन्ने नभएको बरु थप प्रमाण आएको खण्डमा पुनः अनुसन्धान अगाडि बढाउन सकिने र यसलाई क्लिन चिटका रुपमा लिन नहुने बताएका छन् । 

यता धितोपत्र बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले पनि रिलायन्सले क्लिन चिट नपाएको प्रष्ट पारेका छन् । ‘क्लिन चिट होइन, सीआईबीले धितोपत्र बोर्डले पठाएको प्रतिवेदनका आधारमा उजुरी तामेलीमा राखेको मात्र हो ।’ डा. अधिकारीले अर्थ सरोकारसँग भने । .

यता, सीआईबीले उजुरी तामेलीमा राखेपछि रिलायन्स स्पिनिङ मिल्सका कर्मचारीहरुले कम्पनीले क्लिन चिट पाएको हल्ला फैलाईरहेका छन् ।

उच्च अदालत पाटनले छानविनको अधिकार बोर्डलाई नै भएकोले अदालतले आईपीओ रोक्नु नपर्ने भनी दिएको फैसलालाईसमेत कम्पनीका कर्मचारीहरुले अदालतलेसमेत क्लिन चिट दिएको ‘अफवाह’ फैलाईरहेका छन् । जबकी, सो मुद्दा लडेका अधिवक्ता हरि केसी भने अदालतको आदेश धितोपत्र बोर्डले छानविन गर्ने विषय भएकाले अदालतले आईपीओ रोक्नु परेन भन्ने भएको र यसलाई आईपीओ निष्कासनको बाटो खुलेको अर्थमा हेर्न नहुने बताएका छन् ।  

वित्तीय विवरणमा ‘झेल’ गरेर बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्न लागेको भन्दै कम्पनीविरुद्ध यसअघि सीआईबीमा उजुरी परेको थियो । उजुरी परेपछि सीआईबीले नेपाल धितोपत्र बोर्डलाई यस विषयमा पत्र काटेको थियो । आफैँले दिएको स्वीकृतिविरुद्ध आफैँले गलत भएको भन्न नमिलेपछिआफू पनि फस्ने भएपछि धितोपत्र बोर्डले आफैँलाई जोगाउनेगरी सीआईबीमा प्रतिवेदन पठाएको थियो । यता सीआइबीले भने नियामकबाट आएको पत्रका आधारमा उजुरी तामेलीमा राख्ने निर्णय गरेर सो पत्र बोर्डमा पठाएको थियो । अझ, अचम्मको कुरा त के छ भने बोर्डका अधिकारीले समेत सो पत्र बोर्डमा नपुगी विभिन्न संचारमाध्यममा पढेका थिए । 

सीआइबीको पत्र बोर्ड पुग्नेबित्तिकै रिलायन्सका कर्मचारीकहाँ पुगेको थियो भने त्यहाँबाट रिलायन्सका कर्मचारीले विभिन्न संचारमाध्यममा सो पत्र सर्कुलेट गरेका थिए । रिलायन्सका कर्मचारीले अर्थ सरोकारलाईसमेत कम्पनीले क्लिन चिट पाएको भन्दै समाचार बनाइदिन आग्रह गरेका थिए । जबकी कम्पनीले क्लिन चिट पाएको विषय गलत भएको तथ्य स्वयम् धितोपत्र बोर्ड र सीआईबीका प्रवक्ताले प्रष्ट पारिसकेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी