×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले एक वर्षमा साढे ७३ अर्ब कमायो, खर्च छुट्याएर सरकारलाई ३७ अर्ब २२ करोड बुझाउने ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्र बैंकले एक वर्षमा साढे ७३ अर्ब कमायो, खर्च छुट्याएर सरकारलाई ३७ अर्ब २२ करोड बुझाउने ! 

Artha Sarokar

३ मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो एक वर्षमा नेपाल राष्ट्र बैंकले साढे ७३ अर्ब रुपैयाँ खुद आय कमाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा कुल ८३  अर्ब ७६ करोड २३ लाख रुपैयाँ खुद आय कमाएको हो । 

राष्ट्र बैंकले आर्जन गरेको उक्त खुद आयको विवरण आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको छ । 

राष्ट्र बैंकले अर्थ मन्त्रालयमा बुझाएको विवरणअनुसार गत आर्थिक वर्षमा राष्ट्र बैंकले आर्जन गरेको खुद आय अघिल्लो आर्थिक वर्षको तुलनामा २१.९६ प्रतिशत धेरै भएको उल्लेख गरिएको छ । 

यस वर्ष खुद आयबाट आवश्यक कोषहरूमा राख्नु पर्ने रकम छुट्याएर ३७ अर्ब २२ करोड ३८ लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय भएको समेत राष्ट्र बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी