×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली डेभलपमेन्ट बैंकसँग छैन बचतकर्ताको सबै पैसा फिर्ता गर्न पुग्ने रकम, राष्ट्र बैंक भन्छ- ‘सबैको पैसा फिर्ता हुन्छ’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कर्णाली डेभलपमेन्ट बैंकसँग छैन बचतकर्ताको सबै पैसा फिर्ता गर्न पुग्ने रकम, राष्ट्र बैंक भन्छ- ‘सबैको पैसा फिर्ता हुन्छ’

Artha Sarokar

१० पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सम्सयाग्रस्ता घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकसँग बचतकर्ताको सबै पैसा फिर्ता गर्न पुग्नेगरीको तरलता मौज्दात नरहेको पाइएको छ । राष्ट्र बैंकका अधिकारीहरुले नै यस विषयको पुष्टी गरेका हुन् ।

‘अहिले बैंकमा सबै बचत फिर्ता गर्न सकिनेगरी तरलता छैन ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘सबैको पैसा फिर्ता हुन्छ । यो विषयमा ढुक्क हुन सबैलाई अनुरोध छ । हामी भोलि नै यस विषयमा विज्ञप्ति निकाल्दैछौँ ।’

बैंकमा हाल ५ अर्ब २१ करोठ १८ लाख रुपैयाँ बढी सर्वसाधारणको निक्षेप मौज्दात छ। यद्यपी सो वापतको तरलता बैंकसँग छैन । यद्यपी राष्ट्र बैंकले बचतकर्ताको सबै रकम फिर्ता हुने कुरामा ढुक्क रहन सबैलाई आग्रह गर्ने भएको छ । यस विषयमा थप निर्णय राष्ट्र बैंकले बिहीबार सार्वजनिक गर्नेछ ।

राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई बुधबार समस्याग्रस्त घोषणा गरेको हो । समस्याग्रस्त घोषणा गर्दा राष्ट्र बैंकले कर्णालीका सीइओ र संचालकलाई बर्खास्त गरिसकेको छ भने राष्ट्र बैंकको विशेष टोली नेपालगंज पुगिसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी