काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजिनामा अस्वीकृत भएको छ । राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले भट्टको राजिनामा अस्वीकृत गरेका हुन् ।
राजिनामा अस्वीकृत गर्दै भट्टलाई गभर्नरले नयाँ जिम्मेवारी दिएका छन् । यसअघि अनुसन्धान विभागमा रहेका भट्टलाई गभर्नर पौडेलले गभर्नर कार्यलयको जिम्मेवारी दिएका हुन् ।
भट्टलाई गभर्नर कार्यलयको जिम्मेवारी दिएसँगै रिक्त रहेको अनुसन्धान विभागको जिम्मा डा. रामशरण खरेललाई दिइएकाे छ । खरेल यसघि मानव संशाधन विभागमा थिए । त्यस्तै, मानव संशाधन विभागको जिम्मा भने कार्यकारी निर्देशक विश्रुत थापालाई दिइएको छ ।
नेपाली कांग्रेसले गभर्नर बनाउने आश्वासन दिएपछि भट्टले गत बैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए ।