×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेनजी आन्दोलनमा बालेन नजाने, भने- ‘उमेर हदबन्दीका कारण म जान मिल्दैन, नेताहरु बाठो नबन्नू’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जेनजी आन्दोलनमा बालेन नजाने, भने- ‘उमेर हदबन्दीका कारण म जान मिल्दैन, नेताहरु बाठो नबन्नू’

Artha Sarokar

२२ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भोलि (भदौ २३ गते) हुने जेनजी आन्दोलनमा नजाने भएका छन् । उमेर हदबन्दीका कारण आफू आन्दोलनमा जान नमिल्ने बालेनले फेसबुकमार्फत जानकारी गराएका छन् । 

उनले लेखेका छन्, ‘…म उमेर हदबन्दीका कारण जान मिल्दैन, तर उहाँहरुको कुरा बुझ्न जरुरी छ । मेरो भरपूर समर्थन छ ।’

त्यस्तै, मेयर शाहले जेनजीको आन्दोलन स्वतःस्फूर्त भएकाले उक्त आन्दोलनमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियान्तालाई सहभागी नहुन भनेका छन् । 

‘भोलिको र्याली स्पष्ट  स्वस्फूर्तरुपमा जेनजीको हो, उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बूढो देखिन्छु ।’, उनले लेखेका छन्, ‘मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ । भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी