काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१७ कम्पनीको ९४ लाख ८ हजार ६६३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको २२ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यता, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।