काठमाडौँ । ललितपुरको महालक्ष्मीस्थानस्थित रिङरोड क्षेत्रको सडक जलमग्न भएको छ । बिहानैदेखि काठमाडौँ उपत्यकामा परेको वर्षाका कारण रिङरोड क्षेत्रको सडक जलमग्न भएको हो ।
नालाको सही व्यवस्थापन नहुँदा सो क्षेत्रमा केही समय वर्षा हुँदा पनि पानी जम्ने गरेको छ । जसका कारण नागरिकले जोखिमपुर्ण तरिकाले सवारीसाधन चलाउन पर्ने बाध्यता रहेको छ ।
अहिले देशका विभिन्न भागमा पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले उपत्यका सहित विभिन्न स्थानमा बिहानै देखि हल्का वर्षा भईरहेको छ । शनिबारसम्म यसको प्रभाव नेपालको सातवटै प्रदेशमा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:














